English

निर्वाचनमा मिलेरै जाने सत्ता गठबन्धनको निर्णय



सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकताबद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गरेर अघि बढ्ने निर्णय भएको बताए ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ ।

‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, सञ्चारमन्त्री समेत रहेका कार्कीले भने ।  तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए ।

उनले ती संयन्त्रलाई आगामी चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी दिए  । कार्कीका अनुसार आगामी स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने निर्णय भएको पनि जानकारी दिए ।

समितिले २२ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहको स्थितिका बारेमा प्रतिवेदन दिन्छ, त्यसपछि प्रतिवेदनका आधारमा तालमेल हुन्छ ।

तालमेलका लागि प्रदेशस्तरीय र जिल्लास्तरीय र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ । ‘समितिले २२ गते भित्रमा प्रदेश, जिल्ला र स्थानीय तहको स्थितिका बारेमा प्रतिवेदन दिन्छ’, कार्कीले भने, ‘त्यसपछि प्रतिवेदनका आधारमा तालमेल हुन्छ ।’

कार्कीले राष्ट्रिय सभा चुनावमा भएको जस्तै तालमेल स्थानीय तह चुनावमा पनि हुने जानकारी दिए । उनले भने, ‘पाँच दलीय गठबन्धन एक ठाउँमा उभिएर स्थानीय निर्वाचनको सामना गर्छ ।’

बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

चुनावी तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले बताए ।

यो पनि
स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested