English

आईपीएल शुरु : यस्तो छ मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरको इतिहास



इण्डियन प्रिमियर लीग (आईपीएल) को १४ औँ सीजन आजबाट शुरु हुने भएको छ । पहिलो म्याचमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ । खेल साँझ ७ बजेर ४५ मिनेट जाँदा चेन्नईमा हुने भएको हो । दुवै टीमबीच पहिलो पटक ओपनिङ म्याच भइरहेको हो । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिँदै छ भने ब्यांग्लोर विराट कोहलीको कप्तानीमा मैदान प्रवेश गर्दैछ । बैंगलोरले अहिलेसम्म तीनपटक ओपनिङ म्याच खेलेको छ, जसमा सबै म्याच हारेको छ । बैंगलोरले २००९, २०११ र २०१६ मा ओपनिङ म्याच खेलेको थियो । गत सीजनमा कोहलीले १५ म्याचमा ४६६ रन बनाएका थिए भने सोही टीमका देवदत्त पडिक्कलले १५ म्याचमा ४७३ रन बनाएका थिए ।

त्यस्तै मुम्बई टीम १३ ओपनिङ म्याचमा चार म्याचमा मात्रै विजयी भएको छ । २०१३ पछि भने यो टीमले पनि ओपनिङ म्याच जितेको छैन । २०१३ मा टीमले फाइनल जितेको थियो । मुम्बई लीगमा सबैभन्दा धेरै ५ पटक विजेता बनेको छ । मुम्बईले लगातार पछिल्ला २ म्याचमा जित दर्ता गरेको छ । रोहितको टीम यस पटक पनि उपाधि जित्दै ह्याट्रिक गर्न चाहन्छ । गत सीजनमा मुम्बईले दिल्लीलाई फाइनलमा पराजित गरेको थियो । दिल्लीको यो पहिलो फाइनल थियो ।

हेड टू हेड

आईपीएलमा मुम्बई र बैंगलोरबीचमा मुम्बई शक्तिशाली देखिन्छ । यी टीमबीच २७ पटक प्रतिष्पर्धा भएको छ ।र जसमा मुम्बई १७ र बैंगलोर १० म्याचमा विजयी भएका छन् । गत सीजनमा यी दुबै टीमबीच यूएईमा दुईम्याच भएको थियो । जसमा दुबैले एक एक म्याच जितेका थिए ।

पिच र मौसम रिपोर्ट

चेन्नईमा म्याचको बेला आकाश सफा रहनेछ । तापक्रम २६ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ । पिचमा स्पिनर्सलाई फाइदा रहनेछ । २०१९ मा चेन्नईको पिचमा ८ म्याच भएका थिए । जसमा पहिला ब्याटिङ र बलिङ गर्ने टीमले बराबरी म्याच जितेका थिए । ३ पटक १७० भन्दा माथिको लक्ष्य प्रस्तुत भएको थियो । मुम्बईले लीगमा अहिलेसम्म् २०३ म्याच खेलेको छ । जसमा १२० मा जित निकालेको छ भने ८३ मा हार ब्यहोरेको छ । त्यस्तै बैंगलोरले १९६ म्याच खेलेको छ, जसमा ९१ जित र १०१ हार रहेको छ । ४ म्याच नतिजाबिहीन भएका थिए । मुम्बईको सक्सेस रेट ५९.११ र बैंगलोरको ४७.१३ प्रतिशत रहेको छ । कोहलीलाई ६ हजार रन बनाउने पहिले खेलाडी बन्ने अवसर
कोहली आईपीएल पहिलो खेलाडी हुन् जसले आईपीएलमा ५ हजार रन बनाए । उनले अहिलेसम्म १९२ म्याचमा ५ हजार ८७८ रन बनाएका छन् । उनलाई यो सीजनमा ६ हजरको आँकडा छुने अवसर छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested