English

सेयर बजार आज पनि ओरालो, कुन समूहमा कति घाटा ?



नेप्से परिसूचक निरन्तर पाँचौँ कारोबार दिन ओरालो लागेको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से, यस दिन पनि घटेर बन्द भएको छ।

यी पाँच कारोबार दिनमा नेप्से परिसूचक १२३.१५ अंक घटेको छ। नेप्से परिसूचक यस दिन १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक घटेको छ।

अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर कारोबार भएको नेप्सेमा यस दिन २२५ कम्पनीको ३१ हजार ४३१ पटकको कारोबारमा १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको ३८ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर कारोबार भएको नेप्सेमा यस दिन २२५ कम्पनीको ३१ हजार ४३१ पटकको कारोबारमा १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको ३८ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन एनआईबिएल समृद्धि फण्ड २ को मूल्य सर्वाधिक ४.७३ प्रतिशत घटेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, शिवश्री हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स र विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ८ करोडको सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ८ करोडको सेयर कारोबार भएको छ।

त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडको शेयर किनबेच भएको छ।

मंगलबार १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत घटेको छ।

यो पनि
सरकारलाई निगमको पत्र : दुई दिन बिदा गराैँ, कर घटाऔँ
दोहोरो अंकले घट्यो सेयर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested