English

चोभार सुक्खा बन्दरगाहले पायो एलसीको अनुमति



उपत्यकाभित्रकै पहिलो सुक्खा बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ ले प्रतीतपत्र (एलसी)को अनुमति पाएको छ । भर्खरै निर्माण कार्य सम्पन्न भई सरकारबाट सञ्चालनको अनुमति समेत पाइसकेको बन्दरगाहबाट अब व्यावसायिक रुपमा मालसामान भन्सारीकरण गर्ने गरी अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले एलसी जारी गर्न पाउने भएका हुन् ।

मंगलबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

सो व्यवस्थामा बैंकले अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम अब चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुनेगरी समेत जारी गर्न सकिने बताएको छ ।

यस्तो सुविधा मेची, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्नसमेत सकिने बैंकले जनाएको छ ।

यो पनि…
सरकारलाई निगमको पत्र : दुई दिन बिदा गराैँ, कर घटाऔँ
पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँचपटक बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested