English

‘छारेरोग नियन्त्रण गर्न सकिन्छ’



नेपालमा छारे रोगको समस्या बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । मोरङ जिल्लामा भएको एक अध्ययनले एक हजार जनसंख्यामा ७ दशमलव ५ प्रतिशतमा छारे रोगको समस्या रहेको देखाएको थियो । समयमा नै उपचार गर्न सके नियन्त्रण गर्न सकिन्छ । रोग नियन्त्रणपछि आफ्नो जीवनयापनलाई सहज गर्न सकिने चिकित्सकको भनाइ रहेको छ ।

‘नुवाकोट घर भएका २२ वर्षीय सीताराम तामाङलाई १३ वर्षको उमेरमा छारेरोगको समस्या देखिएको थियो । सीताराम घरायसी काम गर्दै गर्दा अचेत भएर ढल्न पुगेका थिए । घरमा कोही नभएको समयमा अचेत भएर ढलेका तामाङलाई केही समयपछि मात्र होसमा आई सहज महसुस भएको थियो । उनले आफूलाई के भयो भन्नेसमेत थाहा पाएनन् । न त उनको परिवारले नै ।

सीतारामको छारेरोगको समस्या दोहोरिन थाल्यो । पछि, शरीर पूरै काप्ने, मुख बाङ्गिने, मुखमा फिँज आउने जस्ता समस्या देखिन थाल्यो । केही महिनासम्म तामाङमा समस्या देखिई नै रह्यो । उनको छारेरोगको समस्या बढ्दै गएको केही महिनापछि मात्र उनलाई काठमाडौंमा उपचारका लागि लिएर आइयो । सीतारामलाई पाटनस्थित मानसिक अस्पतालमा उपचारका लागि लगियो । हाल छारेरोगको औषधि सेवन गरिरहेका तामाङको स्वास्थ्यमा सुधार भइरहेको छ । चिकित्सको उपचारपछि ज्यामी काम गरेर जीविकोपार्जन गरिरहेका तामाङ स्वास्थ्य अवस्था पूर्ण सुधार हुनेमा विश्वस्त छन् ।

यस्तै, छारेरोगलाई जितेर सहज जीवनयापन गरिरहेका अर्का पात्रा हुन् काभ्रे घर भएका ३९ वर्षीया कञ्चला घिसिङ । १८ वर्ष उमेरमा छारेरोगको समस्या देखिएकी कञ्चला हाल दुई छोरा र एक छोरीलाई काठमाडौंमा राखेर पढाइरहेकी छिन् । तर, यो समयसम्म आइपुग्न भने उनले निकै कष्ट बेहोर्नुपरेको थियो ।

समय समयमा बेहोस भएर लड्ने जिउ काम्ने समस्याका कारण कञ्चलाको सानै उमेरमा पढाइ पनि रोकियो । भनेको कुरा पनि नसम्झिने, नबुझ्ने हुँदा उनी विद्यालय जान सकेनन् । छारे रोग देखिएको दुई वर्षपछि मात्र चिकित्सकसम्म पुगेको बताउँछन् । बेहोस भएर फिँज काढ्ने समस्या बारम्बार देखिरहेका कारण छरछिमेकले मानसिक रोग अस्पतालमा जान सल्लाह दिएका थिए । चिकित्सकलाई देखाएपछि नियमित औषधि सेवनबाट कञ्चलाको स्वास्थ्य अवस्था सुधारिँदै गयो । उनको छारे रोगसमेत कम हुँदै गयो ।

भूतप्रेतमा विश्वास

यस्तै, मुगु घर भएका ३० वर्षीय सन्तोष बुढालाई १५ वर्षअघि छारे रोगको समस्या देखिएको थियो । विद्यालयबाट फर्किंदै गर्दा लडेर बेहोस भएका बुढाको मुखबाट फिँज काढ्ने, काम्ने समस्या देखियो । धेरैले उहाँलाई भूतप्रेत लागेको भन्दै वास्ता नै गरेनन् । केही समय पछि उहाँको यो समस्या केही कम भयो । भूतप्रेत लागेको भन्दै सन्तोषका आमाबुवाले धामी–झाँक्रीकोमा देखाउन थाले तर उनलाई छारेरोगको समस्या देखिन कम भएन ।

समय समयमा बेहोस हुने काम्ने, देब्रे हात नचल्ने समस्या देखिन थाल्यो । उनलाई उपचारका लागि काठमाडौं लैजान सुझाब दिइयो । सन्तोषको बासँबारीस्थित न्युरो अस्पतालमा उपचार भयो । नियमित औषधि सेवनपछि सन्तोष विस्तारै निको हुँदै गए । समयमा नै उपचारको दायरामा आउन सफल भएका कारण आफू यस रोगबाट मुक्त हुन सकेको सन्तोष बताउँछन् । हाल वैदेशिक रोजगारमा जाने तयारी गरिरहेका सन्तोष छारे रोगका कारण समाजबाट अपहेलित हुनुपरेको तीतो यथार्थ सुनाउँछन् । देउता लागेको, श्राप लागेको लगाएकाजस्ता अनेक लाञ्छाना लाग्ने गरेको उनी बताउँछन् ।

हाल काठमाडौंमा पसल गरेर परिवार पालिरहेका सन्तोष विदेश गएर परिवारको जीविका सुधार गर्ने योजनामा छन् ।

छारेरोग पूर्ण निको हुँदैन, नियन्त्रण हुन्छ

चिकित्सकका अनुसार मस्तिष्कका नसामा आउने गडबडी, नसामा तंरगहरू एक्कासि बढ्ने कारण शरीरमा देखिने समस्यालाई छारेरोग भनिन्छ । मस्तिष्कको नसामा ट्युमर पलाउँदा, मस्तिष्क सुन्निदा तथा मस्तिष्कमा रगत जम्दा, जन्मजात खत र जुकाको फुल, मनेनजाइटिस, टिभी, बच्चाको मस्तिष्कमा अक्सिजन नपुगे दिमागमा चाहिनेभन्दा बढी विद्युतीय तरंग उत्पन्न हुन्छ । त्यही तरंगका कारण छारेरोगका लक्षण देखिन्छन् ।

न्युरोलोजिस्ट डा. सुमन भट्टराईका अुनसार ५० प्रतिशत छारे रोगहरुमा कारण पत्ता लाग्दैन । छारे रोग देखिएकामा शरीर, हात काम्ने , शरीरको एक अंग नचल्ने , मुखबाट फिँज काढ्ने , वान्ता हुनु जस्ता लक्षण देखिन्छ । छारे रोग समयमा राम्रोसँग यसको प्रकार पत्ता लगाएर उपचार गरेमा नियन्त्रणमा आउँछ ।

उपचार पछि ५–१० बर्ष पनि छारे नदेखिन सक्छ तर त्यसलाई निको भएको भनिएता पनि पछि त्यो फर्कन सक्छ । जुकाको फूलबाट भएको छारे रोग दुई तीन वर्ष औषधि सेवनले निको भएको हुन्छ । जन्मजात खत, ट्युमर भएकाहरुले लामो समय औषधि सेवन गर्नुपर्ने डा. भट्राईले बताए । सामान्यतया सबै खाले छारे रोग २–३ बर्ष औषधी सेवन गरेर मात्र पूर्ण रुपमा निको हुँदैन, त्यसैले औषधी छोड्नु अघि चिकित्सकको परामर्श लिनु पर्ने भट्टराईको सुझाव छ । समयमा नै अस्पताल आउने र रोगको प्रकार पत्ता लगाएर उपचार। गरेमा ७० प्रतिशत व्यक्तिमा छारे नियन्त्रण गर्न सकिन्छ भन्ने अध्ययनले देखाएको छ ।

छारेरोगको असर

बारम्बार देखिने छारेले मस्तिष्कलाई धेरै हानी गर्दछ । छारेरोगले मानसिक र संज्ञात्मक रुपमा मानिसलाई कमजोर बनाउँछ । बर्षमा दुई पटक मात्र कहिलेकहीँ देखिने छारेले त्यस्तो असर नगरेता पनि बारम्बार दोहोरिने छारेले भने गम्भिर असर पु¥याउने डा. भट्टराईको भनाई छ । छ महिनादेखि पाँच बर्ष उमेर समूहका बच्चाहरुमा भने उच्च ज्वरो आउदा समेत छारे देखिन सक्छ । डा. भट्टराईका अनुसार उक्त किसिमको छारेरोग उपचार नगरी पनि ५–६ वर्षमा आफै निको हुने गर्दछ । मस्तिष्कमा जन्मजात खतहरु, मस्तिष्कमा अक्सिजन नपुगेर भएको छारे पनि समयमा उपचार गरे निको हुन्छ ।

बढ्दै छन् छारे रोगी

मोरङ जिल्लामा भएको एक अध्ययनले प्रत्येक १ हजार जनामा ७ दशमलव ३ प्रतिशत व्यक्तिमा छारे देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रदेशमा सबैभन्दा १० हजार ८३४ जना छारे रोगका विरामी रहेको पाइएको थियो । वाग्मतीपछि लुम्बिनीमा तीन हजार ७ सय ४७ जना, प्रदेश नं १ मा तीन हजार ५ सय ८५ जना, गण्डकी प्रदेशमा दुई हजार ५ सय ५० जना, मधेश प्रदेशमा दुई हजार १७ जना, सुदूरपश्चिम प्रदेशमा एक हजार १ सय ४९ र कर्णाली प्रदेशमा ६ सय ५० जना मा छारे रोग देखिएको थियो ।

छारे रोग लागेका मानिसहरुले समयमै उपचार पाए भने नियन्त्रणमा आउँछ र सामान्य जीवन जिउन सक्छन्, त्यसैले ‘इपिलेप्सी अवेरनेस डे’ को दिन हामीले धरहरामा पर्पल कलरको लाइटिङ गरी जनचेतनामुलक दिँदै छौं ।

छारे रोगबाट कसरी बच्ने ?

–उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने,खाने कुरा राम्रो सँग पखालेर खाने
–टाउकोमा चोटपटक लाग्न नदिने
–ज्वरो आउँदा र ब्रेन इन्फेक्सनको समयमै उपचार गर्ने
–ठीक समयमा सन्तुलित खाना खाने । छारे भएको बिरामीले खाली पेट नबस्ने ।
–अनिँदो नबस्ने
–तनाव नलिने
धरहराबाट सचेतना

छारे रोगका बारेमा भ्रम व्याप्त भएकाले नेपालमा यसको जनचेतनामूलक कार्यक्रम हुन जरुरी छ । त्यसैलाई मध्यनजर गर्दै नेशनल न्युरो सेन्टरले छारे सचेतनामूलक दिवस अर्थात पर्पल डे मनाउन लागेको छ । जसका लागि सेन्टरले धरहरामा पर्पल लाइट बालेर छारेसम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको सेन्टरका बरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले जानकारी दिए । ‘छारे रोग लागेका मानिसहरुले समयमै उपचार पाए भने नियन्त्रणमा आउँछ र सामान्य जीवन जिउन सक्छन्,’ उनले भने, ‘त्यसैले ‘इपिलेप्सी अवेरनेस डे’ को दिन हामीले धरहरामा पर्पल कलरको लाइटिङ गरी जनचेतनामुलक दिँदै छौं ।’

यो पनि
मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !
पुरुषमा हृदयाघातको खतरा किन बढी हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,