English

पुरुषमा हृदयाघातको खतरा किन बढी हुन्छ ?



हृदयाघातको कारण कम उमेरमा मै ज्यान गुमाउने सङ्ख्या दिनानुदिन बढ्दो छ । यो समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । उमेरको निश्चित चरणहरूमा, पुरुषहरूमा हृदयाघातको जोखिम महिलाहरूको तुलनामा झन्डै दोब्बर हुन्छ ।

महिलाको तुलनामा पुरुषमा बढी हृदयाघातको खतरा बढी हुनुका कारणहरू के–के हुन् ?
एस्ट्रोजेन
एस्ट्रोजेन हर्मोनको कारणले पनि पुरुषलाई महिलाको तुलनामा १० वर्ष पहिले हृदयाघात हुन सक्छ । ४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्छ भने जबकि महिलामा ५५ वर्षपछि यो बढी हुने सम्भावना हुन्छ ।
मोनोपोज
– कोलेस्ट्रोलको स्तर, उच्च रक्तचापको कारण पनि पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ ।
-महिलाहरूको महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हर्मोनकोस्तर कम हुन्छ । उच्च प्रि–मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयाघातबाट बचाउँछ । यही कारणले ५० वर्षसम्मको उमेरमा पनि महिला हृदयाघातको शिकार हुँदैनन् ।
अन्य कारण
कोलेस्ट्रोलको स्तर, उच्च रक्तचाप, मधुमेह र धूम्रपान, शारीरिक गतिविधि आदि कारणले पनि महिलाको तुलनामा पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ ।
महिलामा हृदयाघातको साइलेन्ट लक्षण
-महिलामा पुरुषको तुलनामा हृदयाघातको सम्भावना कम भए पनि महिला र मधुमेहका बिरामीहरूमा हृदयाघातको लक्षण अलि फरक किसिमको देखिन्छ ।
-हृदयाघात हुँदा साइलेट्न किसिमको लक्षणहरू देखिन्छ । छाती दुख्नेभन्दा पनि असजिलो हुन, आत्तिने, पसिना आउने जस्ता सामान्य लक्षणहरू देखिन्छन् ।

यो पनि….
यसकारण दुख्छ छातीको दाहिने भाग
बिहान टाउको दुख्ने कारण थाहा पाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीको रुपमा फरक स्वादको प्रस्तुतिका साथ उपस्थित भएकी गायिका सिम्रन धितालले ‘तोरी लाउरे’ नामक गीतको

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

Latest










Popular
Suggested