English

धेरै सन्तान जन्माएर सरकारलाई ठग्ने यी ‘ठगका पिता’



संसारमा विभिन्न मानिसका अनौंठा चरित्र हुन्छन् । आज हामी देशको सरकारलाई ठगी गर्ने व्यक्तिको बारेमा बताउँदै छौँ । बेलायतका एक व्यक्तिले १ सय ८८ नक्कली बच्चाहरू उत्पादन गरेर सरकारलाई १९ करोड ठगेका छन् ।

डेलीस्टारको रिपोर्टका अनुसार अली बाना मोहम्मद नामका ४० वर्षीय व्यक्तिले देशको सरकारलाई ठगेका हुन् ।

बेलायतमा सरकारले बच्चाहरूको पालनपोषणको लागि भुक्तानी गर्छ । यसैको फाइदा उठाउँदै यी व्यक्तिले आफ्ना १८८ नक्कली सन्तान हुर्काउने नाममा सरकारबाट १९ करोड रुपैयाँको ठगी गरेका हुन् । यी व्यक्तिलाई अहिले ‘ठगका पिता’ भनिन्छ ।

रिपोर्टका अनुसार उनले यो ठगीका लागि आफ्ना साथीभाइ र आफन्तको सहयोग लिएका थिए । एचएम राजस्व र भन्सारका अन्वेषकहरूले केही गलत नबुझेसम्म उनले बाल लाभ र कर क्रेडिट भुक्तानी लिईरहेका थिए ।

यसरी हुन्थ्यो ठगीे

वास्तवमा दुई नम्बरबाट धेरै पटक कल गरिएको थियो । यसमा संख्या एउटै थियो, तर बच्चा फरक थियो । यसबारे कार्य तथा निवृत्तिभरण विभागलाई केही शंका लागेपछि उनीहरूले अपरेसन गरी पूरै मामेलाको पर्दाफास गरे । वास्तवमा उनको एउटा पनि बच्चा थिएनन् ।

अदालतले यस घोटालामा संलग्न ६ जनालाई १३ वर्षको जेल सजाय सुनाएको छ र यसका मास्टरमाइन्ड अलीलाई पनि जेलमा राखिएको छ ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested