English

धेरै सन्तान जन्माएर सरकारलाई ठग्ने यी ‘ठगका पिता’



संसारमा विभिन्न मानिसका अनौंठा चरित्र हुन्छन् । आज हामी देशको सरकारलाई ठगी गर्ने व्यक्तिको बारेमा बताउँदै छौँ । बेलायतका एक व्यक्तिले १ सय ८८ नक्कली बच्चाहरू उत्पादन गरेर सरकारलाई १९ करोड ठगेका छन् ।

डेलीस्टारको रिपोर्टका अनुसार अली बाना मोहम्मद नामका ४० वर्षीय व्यक्तिले देशको सरकारलाई ठगेका हुन् ।

बेलायतमा सरकारले बच्चाहरूको पालनपोषणको लागि भुक्तानी गर्छ । यसैको फाइदा उठाउँदै यी व्यक्तिले आफ्ना १८८ नक्कली सन्तान हुर्काउने नाममा सरकारबाट १९ करोड रुपैयाँको ठगी गरेका हुन् । यी व्यक्तिलाई अहिले ‘ठगका पिता’ भनिन्छ ।

रिपोर्टका अनुसार उनले यो ठगीका लागि आफ्ना साथीभाइ र आफन्तको सहयोग लिएका थिए । एचएम राजस्व र भन्सारका अन्वेषकहरूले केही गलत नबुझेसम्म उनले बाल लाभ र कर क्रेडिट भुक्तानी लिईरहेका थिए ।

यसरी हुन्थ्यो ठगीे

वास्तवमा दुई नम्बरबाट धेरै पटक कल गरिएको थियो । यसमा संख्या एउटै थियो, तर बच्चा फरक थियो । यसबारे कार्य तथा निवृत्तिभरण विभागलाई केही शंका लागेपछि उनीहरूले अपरेसन गरी पूरै मामेलाको पर्दाफास गरे । वास्तवमा उनको एउटा पनि बच्चा थिएनन् ।

अदालतले यस घोटालामा संलग्न ६ जनालाई १३ वर्षको जेल सजाय सुनाएको छ र यसका मास्टरमाइन्ड अलीलाई पनि जेलमा राखिएको छ ।

यो पनि
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश
समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,