English

बढ्दो उमेरमा सुखद यौन जीवन बिताउने तरिका



शारीरिक सम्बन्ध हरेक दम्पतीको अत्यन्त निजी र अन्तरङ्ग सम्बन्ध हो । कहिलेकाहीँ जानकारीको अभावमा आफ्नै कारणले यौन जीवनलाई जटिलतातर्फ धकेलिरहेका हुन्छौ ।

कतिपय मानिसको सोचाइमा चालीस वर्ष कटेपछि यौन सम्बन्ध राख्ने उमेर गयो भन्ने हुन्छ । तर यो सत्य होइन । कुनै पनि दम्पतीले त्यसबेलासम्म आफूलाई यौन क्रियाकलापमा निरन्तर सहभागी गराउन सक्छ जबसम्म उनीहरू शारीरिक एवं मानसिक रूपमा त्यसका लागि तयार हुन्छन् ।

यदि उमेरका कारण आफ्नो यौन सम्बन्धमा पूर्णविराम लाग्न थालेको हो कि भन्ने महसुस गर्नु भयो भने निराश नहुनुहोस् । किनभने बढ्दो उमेरमा पनि यौन क्रियाकलापबाट आनन्द लिन सकिन्छ ।

यौन क्रियाका लागि कुनै निश्चित उमेर भित्र मात्र हुन्छ भन्ने कुरालाई मनबाट हटाउनु पर्छ । यौन क्रियाका लागि कुनै निश्चित उमेर हुँदैन । त्यस्तै यौन क्रिया कति पटक र कति दिनको अन्तरालमा गर्नुपर्छ भन्ने पनि सीमा हुँदैन, यो त श्रीमान्–श्रीमतीको इच्छा र परिस्थितिमा निर्भर गर्छ ।

मनोचिकित्सक एवं यौन रोग विशेषज्ञका अनुसार ४० वर्षपछि नियमित यौन सम्पर्क गर्न सकिँदैन भन्ने कुरा सत्य नभएको बत्ताउँछन् । यदि श्रीमान्–श्रीमती दुवै शारीरिक तथा मानसिक रूपले यौन क्रियाका लागि तयार छन्, आपसी सम्बन्ध मधुर छ, सन्तुलित आहार र पर्याप्त निद्रा लिन्छन्, शारीरिक रूपले तन्दुरुस्त छन्, नियमित रूपमा व्यायाम गर्छन् भने उमेरले उनीहरूको यौन क्रियालाई कुनै असर पार्न सक्दैन ।

प्राकृतिक रूपमा बढ्दो उमेरसँगै शारीरिक रूपमा केही परिवर्तन आउनु स्वाभाविक हो । तर शारीरिक रूपमा आएको परिवर्तनको अर्थ यौन क्रिया प्रतिको इच्छामा पनि परिवर्तन हुन्छ भन्ने होइन । यौन क्रियाप्रति अरुचि हुनुको कारण एउटा त शारीरिक समस्या हो भने अर्को मानसिक । श्रीमान्–श्रीमतीबिच आपसी तालमेल नमिल्दा पनि यौन जीवनमा असर पर्छ ।

आपसी कुराकानी हुनुपर्छ

प्रायः श्रीमतीहरू घर–व्यवहारको समस्या र जिम्मेवारीले गर्दा अब यो उमेर भनेको यौन क्रियाका लागि होइन भन्ने सोचाइ राख्छन् । यस्तो स्थितिमा श्रीमान्हरू श्रीमतीलाई फकाउनुको सट्टा झर्को मान्छन् र रिसाउँछन् । यस्तो व्यवहारका कारण श्रीमान्–श्रीमतीबिचको तनाव बढ्न थाल्छ र समस्याको समाधान निकाल्न गार्‍हो हुन्छ । श्रीमान्–श्रीमती दुवैले ख्यालठट्टा तथा आपसी कुराकानी गरेर तनावलाई कम गर्नु राम्रो हुन्छ ।

यौन बर्धक टनिक औषधिहरू चिकित्सकको सल्लाह–सुझावबिना नै सेवन गर्छन्, जसले शरीरमा नकारात्मक असर पार्छ । कुनै पनि औषधी सेवन गरेर यौनप्रति रुचि बढाउनुभन्दा यौनप्रति अरुचि हुनुको कारण पत्ता लगाएर त्यसलाई हटाउने प्रयास गर्नुपर्छ ।

यौन क्रियाका लागि कुनै निश्चित उमेर भित्र मात्र हुन्छ भन्ने कुरालाई मनबाट हटाउनु पर्छ । यौन क्रियाका लागि कुनै निश्चित उमेर हुँदैन । त्यस्तै यौन क्रिया कति पटक र कति दिनको अन्तरालमा गर्नुपर्छ भन्ने पनि सीमा हुँदैन, यो त श्रीमान्–श्रीमतीको इच्छा र परिस्थितिमा निर्भर गर्छ । त्यसैले अरू के गर्छन् भन्ने कुरामा जानु आवश्यक छैन । के गर्दा खुसी प्राप्त हुन्छ त्यही गर्नुपर्छ । यौन क्रिया श्रीमान्–श्रीमतीबिचको अत्यन्त निजी सम्बन्ध भएकाले आफैँले निर्णय लिनुपर्छ । यसो गर्दा यौन क्रियाको आनन्द उठाउन सक्नुका साथै आफ्नो सम्बन्ध र स्वास्थ्यमा पनि यसको असर पर्दैन ।

औषधी सेवनबाट बच्नुपर्छ

कहिलेकाहीँ श्रीमान्–श्रीमतीलाई यौनप्रति रुचि घट्दै जान्छ । अझ विशेष गरेर श्रीमान्लाई विभिन्न शारीरिक तथा मानसिक कारणले यौन क्रियामा रुचि नहुन पनि सक्छ । यस्तो बेला यौन बर्धक टनिक औषधिहरू चिकित्सकको सल्लाह–सुझावबिना नै सेवन गर्छन्, जसले शरीरमा नकारात्मक असर पार्छ । कुनै पनि औषधी सेवन गरेर यौनप्रति रुचि बढाउनुभन्दा यौनप्रति अरुचि हुनुको कारण पत्ता लगाएर त्यसलाई हटाउने प्रयास गर्नुपर्छ । श्रीमतीसँग त्यसका बारेमा छलफल गर्नुपर्छ । त्यसपछि पनि समस्या समाधान भएन भने कुनै सेक्सोलोजिस्टसँग सल्लाह लिनुपर्छ ।

कसरी आनन्द उठाउने ?

– सबैभन्दा पहिले आफ्नो उमेरका बारेमा सोच्न छाड्ने, आफ्नो यौन क्रिया गर्ने उमेर बित्यो भन्ने सोचाइ दिमागबाट निकालिदिने ।

– श्रीमतीसँग ख्यालठट्टा, छेड छाड गर्ने बानी यथावत् राख्ने । यसले सम्बन्धमा ताजापन ल्याउँछ ।

– कहिलेकाहीँ परिवारदेखि टाढा भए पनि श्रीमतीसँग मात्र समय बिताउनुपर्छ, हनिमुन जिन्दगीमा एक पटक मात्र मनाउनुपर्छ भन्ने छैन । आफ्नो जन्मदिन, वैवाहिक वार्षिक उत्सवमा श्रीमतीसँग कतै टाढा गएर मनाउनु राम्रो हुन्छ ।

हामी जस्तो सोच्छौँ शरीरले पनि त्यस्तै प्रतिक्रिया दिन्छ । त्यसैले आफ्नो विचारलाई कहिल्यै बूढो हुन दिनुहुँदैन । बूढो भइयो भन्ने कुरालाई मनमा उत्पन्न हुन दिनु हुँदैन, किनभने यसको असर यौन जीवनमा पनि पर्छ ।

– प्रायः दम्पतीहरू छोराछोरी ठुला भए भनेर एउटै कोठामा सुत्दैनन्, यसो गर्नु राम्रो होइन जुनसुकै उमेरमा पनि श्रीमान्–श्रीमती सुत्ने कोठा एउटै हुनुपर्छ ।

– कुनै विशेष अवसरमा मात्र श्रीमतीलाई उपहार दिनुपर्छ भन्ने छैन, कहिलेकाहीँ त्यसै पनि आफ्नी श्रीमतीलाई उपहार दिनुपर्छ । श्रीमतीलाई यस्तो व्यवहार साँच्चै मन पर्छ र यसले सम्बन्धमा मधुरता ल्याउँछ । प्रेमलाई प्रस्तुत गर्नु पनि आवश्यक छ ।

– कतिपय मानिसहरू उमेर बढ्दै जाँदा आफ्नो सौन्दर्य र पोसाकमा ध्यान दिन छाड्छन् तर जुनसुकै उमेरको भए पनि आफूलाई सधैँ अप टु डेट राख्नुपर्छ यसले आफूलाई पनि राम्रो अनुभव हुन्छ । त्यसैले हरेक उमेरमा आफूलाई सजाउनुपर्छ ।

– हामी जस्तो सोच्छौँ शरीरले पनि त्यस्तै प्रतिक्रिया दिन्छ । त्यसैले आफ्नो विचारलाई कहिल्यै बूढो हुन दिनुहुँदैन । बूढो भइयो भन्ने कुरालाई मनमा उत्पन्न हुन दिनु हुँदैन, किनभने यसको असर यौन जीवनमा पनि पर्छ ।

– आफूभन्दा कम उमेरका व्यक्तिहरूसँग पनि हेलमेल बढाउनु राम्रो हुन्छ । यसो गर्दा स्वयं आफूलाई तन्नेरी अनुभव हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले