English

गोसाईंकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर कायम



धार्मिकयात्राका क्रममा गोसाईंकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाईंकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक ५५० एवं सुतेको प्रतिबेड ? एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ ।

यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको ५०० र सुतेको ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको ४५० एवं सुतेको ८०० दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।

उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटल तथा लज सञ्चालकहरूले यात्रुबाट अप्रत्यासितरूपमा मनोमानी ढङ्गले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो ।

धार्मिक मार्गअन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ । निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मन्ने हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रुलाई आग्रह गरिएको छ ।

खाने–बस्ने व्यवस्थापकीय कार्यअन्तर्गत धार्मिकमार्गका होटल तथा लज सञ्चालनको स्वीकृत दिने र अनुगमन गर्ने निकाय लाङटाङ राष्ट्रिय निकुञ्ज भएका कारण दर निर्धारणका साथै धार्मिकमार्ग व्यवस्थित, मर्यादित बनाउन उक्त कार्यालयलाई नै दर कायम गराउने जिम्मेवार बनाइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

पन्ध्र दिनको समयसीमा तोकी जिल्ला प्रशासन कार्यालय रसुवाले यही १७ गते गरेको आग्रहलाई तदारूकताका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गरी १९ गते नै नयाँ दर कायम गराएको थियो । नयाँ दर होटलमा टाँसिने र त्यसका आधारमा मात्र यात्रुले शुल्क तिर्नसमेत निकुञ्जले आग्रह गरेको छ । निर्धारण भएको नयाँ दर कार्यान्वयनको चरणमा अगाडि बढिसकेको होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested