नेपालमा कोरोनाको नयाँ स्वरूप भित्रिएको हुनसक्छ (भिडियोसहित)

सन्तोष दुलाल-अनुसन्धान वैज्ञानिक तथा जीवाणु विज्ञ


विश्वमा यतिबेला धमाधम कोरोनाका नयाँ स्वरूप देखा परिरहेको छ । यद्यपि नेपालमा भने अहिलेसम्म नयाँ स्वरूप आधिकारिक पुष्टि भइसकेको छैन । तर, पछिल्लो केही साता यता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जानुले कतै दोस्रो छाल पो भित्रियो कि भन्ने आशंका गर्न थालिएको छ ।

कोरोनाको पहिलो छाल पनि भारतबाटै आएका नागरिकहरूबाट फैलिएको होे,’ उनले भने, ‘अहिले दिनहुँ हजारौं मानिस भारतबाट नेपाल प्रवेश गरिसकेका छन् । त्यसैले, यहाँ कोरोनाका नयाँ स्वरूप भित्रिएको हुन सक्छ ।

भारतको डबल म्युटेन्ट भेरियन्ट, बेलायतको युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलमा पी वन लगायतका नयाँ भेरियन्ट पुष्टि भैसकेका छन् । यी चारै किसिमका भेरियन्ट भारतमा पुष्टि भइसकेका छन् । त्यसैले नेपालमा पनि यी भेरियन्ट प्रवेश भएको हुन सक्ने अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल बताउँछन् । ‘कोरोनाको पहिलो छाल पनि भारतबाटै आएका नागरिकहरूबाट फैलिएको होे,’ उनले भने, ‘अहिले दिनहुँ हजारौं मानिस भारतबाट नेपाल प्रवेश गरिसकेका छन् । त्यसैले, यहाँ कोरोनाका नयाँ स्वरूप भित्रिएको हुनसक्छ, जसले गर्दा छिटोभन्दा छिटो संक्रमितहरूको आनुवांशिक अध्ययन गर्नुपर्छ ।’ यदि नयाँ भेरियन्ट नेपालमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो हुने उनको तर्क छ ।

भारतमा अहिले तीव्र गतिमा फैलिरहेको डबल म्युटेन्ट भेरियन्ट त्यहाँका नागरिकले स्वास्थ्यका मापदण्ड पालना नगर्दाको परिणाम हो ।

दुलालका अनुसार भारतमा अहिले पुनः तीब्र गतिमा फैलिरहेको काेराेना त्यहाँका नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्दाको परिणाम हो । त्यसैले, नेपालमा यी नयाँ स्वरूपहरुबाट बच्नका लागि सर्वप्रथम सरकारले सीमामा कडाई, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनी बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई