English

नेपालमा कोरोनाको नयाँ स्वरूप भित्रिएको हुनसक्छ (भिडियोसहित)

सन्तोष दुलाल-अनुसन्धान वैज्ञानिक तथा जीवाणु विज्ञ


विश्वमा यतिबेला धमाधम कोरोनाका नयाँ स्वरूप देखा परिरहेको छ । यद्यपि नेपालमा भने अहिलेसम्म नयाँ स्वरूप आधिकारिक पुष्टि भइसकेको छैन । तर, पछिल्लो केही साता यता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जानुले कतै दोस्रो छाल पो भित्रियो कि भन्ने आशंका गर्न थालिएको छ ।

कोरोनाको पहिलो छाल पनि भारतबाटै आएका नागरिकहरूबाट फैलिएको होे,’ उनले भने, ‘अहिले दिनहुँ हजारौं मानिस भारतबाट नेपाल प्रवेश गरिसकेका छन् । त्यसैले, यहाँ कोरोनाका नयाँ स्वरूप भित्रिएको हुन सक्छ ।

भारतको डबल म्युटेन्ट भेरियन्ट, बेलायतको युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलमा पी वन लगायतका नयाँ भेरियन्ट पुष्टि भैसकेका छन् । यी चारै किसिमका भेरियन्ट भारतमा पुष्टि भइसकेका छन् । त्यसैले नेपालमा पनि यी भेरियन्ट प्रवेश भएको हुन सक्ने अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल बताउँछन् । ‘कोरोनाको पहिलो छाल पनि भारतबाटै आएका नागरिकहरूबाट फैलिएको होे,’ उनले भने, ‘अहिले दिनहुँ हजारौं मानिस भारतबाट नेपाल प्रवेश गरिसकेका छन् । त्यसैले, यहाँ कोरोनाका नयाँ स्वरूप भित्रिएको हुनसक्छ, जसले गर्दा छिटोभन्दा छिटो संक्रमितहरूको आनुवांशिक अध्ययन गर्नुपर्छ ।’ यदि नयाँ भेरियन्ट नेपालमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो हुने उनको तर्क छ ।

भारतमा अहिले तीव्र गतिमा फैलिरहेको डबल म्युटेन्ट भेरियन्ट त्यहाँका नागरिकले स्वास्थ्यका मापदण्ड पालना नगर्दाको परिणाम हो ।

दुलालका अनुसार भारतमा अहिले पुनः तीब्र गतिमा फैलिरहेको काेराेना त्यहाँका नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्दाको परिणाम हो । त्यसैले, नेपालमा यी नयाँ स्वरूपहरुबाट बच्नका लागि सर्वप्रथम सरकारले सीमामा कडाई, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनी बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested