English

त्रि-ज्योतिले मनायो २८औं वार्षिकोत्सव



त्रि-ज्योति माध्यमिक विद्यालयको २८औं वार्षिकोत्सव समारोह तथा प्रतिभा सम्मान समारोह सम्पन्न भएको छ ।

काठमाडाैंको बुढानीलकण्ठमा अवस्थित उक्त विद्यालय प्रांगणमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री भवानीप्रसाद खापुङ्ग रहेका थिए भने कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद दंगालले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि मन्त्री खापुङ्गले मन्तव्य राख्दै त्रि-ज्योति मा.वि ले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै विद्यालयको गतिविधिहरू सञ्चालन गर्नु आग्रह गरे । त्यस्तै, बु.न.पाका प्रमुख उद्धव प्रसाद खरेलले नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमध्ये त्रि-ज्योति मा.वि को योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद दंगालले त्रि-ज्योति मा.वि सक्षम विद्यालय बन्दै गइरहेको बताउदैँ तस्वीर आफैं बोल्छ भने झौं बालबालिकाको विविध प्रस्तुतिले आत्मविश्वास बढाउने, जीवनोपयोगी शिक्षा दिने र भोलिको सम्भावनायुक्त नागरिक निर्माण गर्ने समेत बताए । उनले चार हजार विद्यार्थी रहेको सेन्ट लरेन्सको छाताभित्र रहेको त्रि-ज्योति मा. विको समग्र विकास अझै सशक्त भएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा त्रि-ज्योति कला साहित्य सम्मान ०७८ बाट गायिका तारा थापा, त्रि-ज्योति समाजसेवा सम्मान ०७८ बाट पत्रकार जीवराम भन्डारी, त्रि-ज्योति प्रतिभा सम्मान ०७८ डा. बाबुराम पान्डे, त्रि-ज्योति साहसिक सेवा सम्मान ०७८ बाट सगरमाथा आरोही निमा दोर्जे शेर्पा, त्रि-ज्योति समर्पण सेवा सम्मान ०७८ बाट निमा यन्जी शेर्पा र त्रि-ज्योति जेष्ठ अभिभावक सम्मान-मोतीमाया पुरीलाई प्रदान गरिएको थियो ।

यो पनि
यस्तो पो सामुदायिक विद्यालय
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested