English

यौनले स्वास्थ्यमा कस्तो फाइदा गर्छ



शारीरिक सम्पर्कले सन्तुष्टि मात्र दिँदैन, यसले व्यक्तिको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । चरम सुखपछि शरीरमा प्रोलेकिटन हार्मोनको स्राव बढ्छ, जसले गर्दा मस्तिष्कका स्नायु कोसीकाले नयाँ न्युरोन निर्माण गर्छ । फलतः व्यक्तिको सुँघ्ने क्षमतामा वृद्धि हुन्छ ।

अस्ट्रेलियाको क्विन्स युनिभर्सिटीमा गरिएको अनुसन्धान अनुसार सातामा तीनदेखि चार पटक शारीरिक सम्बन्धमा संलग्न हुनेको हृदय रोगको खतरामा ५० प्रतिशतले कमी आएको देखियो । यस्तै एक मिनेटसम्म चुम्बन गर्नाले २६ क्यालोरी ऊर्जा खपत भएको समेत पाइयो ।

शारीरिक सम्बन्धका बेला चरम सुख भन्दा ठिक पहिले शरीरमा ओक्सिरोसिन हार्मोनको स्तर सामान्य भन्दा पाँच गुणा बढ्छ । फलतः इन्डोर्फिन हार्मोनको स्राव हुन्छ, जसका कारण मासिक धर्मका बेला हुने पीडा, आर्थराइटिस एवं टाउकोको पीडाबाट राहत मिल्ने गरेको देखियो ।

यौन सम्पर्कका बेला महिलाले पुरुषको यौन रसबाट निस्कने टेस्टोस्टेरोन हार्मोनलाई लिने गर्छिन्, जसले महिलाहरूका लागि शक्तिबर्धक बनाउने काम गर्छ ।

पेन्सेल्भेनिया युनिभर्सिटीमा गरिएको एक अध्ययन अनुसार सातामा तीनदेखि चार पटकसम्म शारीरिक सम्बन्ध राख्नेहरूको शरीरमा इम्युनोग्लोबिन नामक एन्टीबडीको स्राव सामान्य व्यक्तिभन्दा ३० प्रतिशतले बढी हुन्छ । यसले रुघा खोकी जस्ता बिमारीबाट टाढा राख्न मद्दत गर्छ ।

स्वस्थकर एवं सन्तोषप्रद यौन जीवन बिताइरहेका जोडीहरू लामो समयसम्म युवा जस्तै देखिन्छन् ।
अमेरिकामा गरिएको अर्को एक अध्ययन अनुसार सफल यौन जीवनले अन्य कुनै पनि कुराले भन्दा बढी खुसी र सन्तुष्टि प्रदान गर्छ । नियमित यौन सम्पर्कले यौनाङ्ग क्षेत्रको मांसपेशीलाई बलियो समेत बनाउँछ ।

यौन सम्पर्कका बेला महिलाले पुरुषको यौन रसबाट निस्कने टेस्टोस्टेरोन हार्मोनलाई लिने गर्छिन्, जसले महिलाहरूका लागि शक्तिबर्धक बनाउने काम गर्छ । नियमित यौन सम्पर्कले शरीरको लचिलोपनलाई कायम राख्छ भने आवेग र रिसलाई समेत कम गर्छ ।

नियमित यौन सम्पर्कले आयु समेत बढ्ने गरेको देखिएको छ । एक अध्ययन अनुसार जसले चरम सुख अनुभव गर्छन् तिनीहरूको असामयिक मृत्युको सम्भावना अन्य व्यक्तिको तुलनामा ५० प्रतिशतले कम हुने गरेको पाइयो । यौन सम्पर्कले स्ट्रेस हार्मोनको स्रावमा कमी आउँछ ।

नियमित यौन सम्पर्कले छालालाई कोमल एवं स्वस्थ राख्न मद्दत गर्छ । यौन सम्पर्कका बेला महिलाको शरीरमा एस्ट्रोजन नामक हार्मोनको स्राव बढी हुन्छ । यसबाट छाला र केशमा चमक आउँछ ।

नियमित यौन सम्पर्कले आयु समेत बढ्ने गरेको देखिएको छ । एक अध्ययन अनुसार जसले चरम सुख अनुभव गर्छन् तिनीहरूको असामयिक मृत्युको सम्भावना अन्य व्यक्तिको तुलनामा ५० प्रतिशतले कम हुने गरेको पाइयो । यौन सम्पर्कले स्ट्रेस हार्मोनको स्रावमा कमी आउँछ । फलस्वरूप नियमित यौन सम्पर्क गर्नेहरूको आयु ४–५ वर्ष बढ्ने गरेको समेत देखियो ।

शारीरिक सम्पर्कका समयमा पसिना निस्कने भएकाले यसले छालामा रहेको छिद्र खुल्छ । यसबाट छाला स्वस्थ एवं चम्किलो देखिन्छ ।

नियमित शारीरिक सम्पर्कले शरीरमा राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोलबिच सन्तुलन कायम राख्छ । नियमित शारीरिक सम्पर्कले पिसाबमा हुने सङ्क्रमणलाई नियन्त्रणमा राख्छ ।

नियमित शारीरिक सम्पर्कले यौनाङ्ग, पाखुरा, पेट, छाती र तिघ्राको मांसपेशीलाई मजबुत बनाउँछ ।
चुम्बनका कारण मुखमा स्लाइभा तीव्र गतिमा बन्छ, यसले दाँतमा अड्किएको खानेकुरा निकाल्न सहयोग गर्छ । फलतः दाँतको समस्याका साथै मुख गन्हाउने समस्या पनि कमी ल्याउँछ ।

नियमित शारीरिक सम्पर्क गर्नेहरूमा एलर्जीको सम्भावना पनि कम हुन्छ । शारीरिक सम्पर्क प्राकृतिक प्रति जैविक हो, जसले ज्वरो र एलर्जीजस्ता बिमारीसित लड्ने शक्ति दिलाउँछ ।

एक अध्ययन अनुसार शारीरिक सम्पर्क पश्चात् हुने स्खलनले प्रोस्टेट क्यान्सरको खतरालाई कम हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार जुन पुरुषले महिनामा १४–१५ पटक स्खलन गर्छन् उसलाई क्यान्सर हुने खतरा अन्य पुरुषभन्दा १४ प्रतिशतले कम हुने जनाइएको छ ।

नियमित शारीरिक सम्पर्कले शरीरमा राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोलबिच सन्तुलन कायम राख्छ । नियमित शारीरिक सम्पर्कले पिसाबमा हुने सङ्क्रमणलाई नियन्त्रणमा राख्छ । चरम सुखको अनुभव गरेपछि शरीरमा ओक्सिटोसिन र एडोर्फिनको स्तर घट्छ, यसबाट राम्रो निद्रा पर्छ ।

एक अध्ययन अनुसार शारीरिक सम्पर्क पश्चात् हुने स्खलनले प्रोस्टेट क्यान्सरको खतरालाई कम हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार जुन पुरुषले महिनामा १४–१५ पटक स्खलन गर्छन् उसलाई क्यान्सर हुने खतरा अन्य पुरुषभन्दा १४ प्रतिशतले कम हुने जनाइएको छ ।

यौन गतिविधिमा सक्रिय महिलाहरूमा स्तन क्यान्सरको खतरा कम हुन्छ । नियमित रूपमा यौन सम्पर्क गर्ने जोडीको सन्तानोत्पादन क्षमता लामो समयसम्म कायम रहन्छ । यो बाहेक नियमित यौन सम्पर्क गर्ने महिलाहरूको मासिक धर्म पनि नियमित हुन्छ । एक पटक शारीरिक सम्पर्क राख्दा २ सयदेखि ३ सय क्यालोरी खर्च हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले

Latest










Popular
Suggested