English

दिवा खाजा कार्यक्रमले बढायो विद्यार्थीको चाप



विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा विद्यालयले बनाएको तालिकाले विद्यार्थीलाई थप आकर्षित बनाएको छ ।

बागलुङ नगरपालिका–८ को बौंडेचउर माविको कक्षा ४ मा अध्ययनरत काजल काउचाले अभिभावकलाई समेत आजको खाजा के हुन्छ भन्ने जानकारी गराएर विद्यालय जान्छिन् । काठेखोला गाउँपालिका–७ को रेशगाउँबाट आउँदा डेढ घण्टा बाटो हिँडेर विद्यालय पुग्ने काउचालाई खाजाले विद्यालय जाऔँ जाऔँ बनाउने गरेको छ ।

बिहान ८ बजे नै खाना खाएर आउने काजल दिउँसै भोकाउँछिन् । दिउँसोको खाजा खाने खर्च नहुँदा दिउँसो १ बजे नै घर फर्किने गरेकी काजल आजभोलि साँझ ५ बजे मात्रै घर पुग्छिन् । कारण विद्यालयमा नै उनको रुचिअनुसारकै खाजा खान पाइन्छ ।

सबै समय पढेर घर फर्किंदा पनि उनले भोकाउनु पर्दैन । यसअघि उनको पढाइ राम्रो चलेको थिएन । उनी मात्र हैन कक्षा ५ मा पढ्ने बिराज परियारको समस्या पनि उस्तै हो । पैसा तिरेर खाजा खाने क्षमता नभएपछि भोकभोकै पढ्न बाध्य थिए । भोकभोकै पढ्न नसक्दा धेरै बालबालिकाले बीचैमा पढाइ छाड्ने समस्या थियो ।

यो समस्या चालु शैक्षिक वर्षदेखि घटेको छ । शिक्षा मन्त्रालयले पोषण भत्तास्वरुप मासिक ४५० दिन थालेको छ । उक्त पैसाबाट अभिभावकलाई अन्न वा खाजाका लागि चाहिने सामग्री खरिद गरेर दिइन्छ । त्यसपछि बालबालिकाले घरमै खाजा बनाएर ल्याउने गरेका छन् । दिउँसो खाजा खाएर उनीहरू विद्यालय समयभर बस्न थालेको प्रधानाध्यापक दीनानाथ गौतमले बताए ।

‘यहाँ अधिकांश समय चिसो हुन्छ, त्यसमाथि बिहानै ८ बजे खाना आएर हिँडेका बालबालिका दिउँसै भोकाउँछन्, त्यसैले उनीहरूलाई खाजा चाहिएको थियो’, उनले भने, ‘यस्तो खाजाको व्यवस्था गरेपछि मात्रै सातौँ पिरियडसम्म बालबालिका बस्न थालेका छन् ।’ विद्यालयले साताको ६ दिनसम्म कुन बार कुन खाजा खाने भन्ने क्यालेन्डरसमेत बनाएको उनले बताए ।

यसरी खाजाको पात्रो बनाउँदा एकरूपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताए । ‘कसैले मीठो, कसैको नमीठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,’ उनले भने, ‘अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।’

अभिभावकलाई नगद दिँदा खर्च गरेर सक्ने भएकाले विद्यालयले खाजाको सामान खरिद गरेर बाँडेर दिने गरेको हो । यो पद्धतिले अभिभावकले जथाभावी खर्च गर्न पनि नपाएको उनले अनुभव सुनाए । विद्यालयले सबै बालबालिकाको घरमा आइतबारदेखि शुक्रबारसम्म खाने खाजाको पात्रो बाँडेको छ ।

आइतबार तरकारी र अण्डा, सोमबार हलुवा, मङ्गलबार रोटी र तरकारीको खाजा व्यवस्था भएको हो । त्यस्तै बुधबार मकै र भटमास, बिहीबार चना तथा शुक्रबार रोटीतरकारी खाजा खुवाउने गरिएको हो । दिउँसो १:३० देखि २ बजेको समय खाजाको लागि तोकिएको गौतमले बताए ।

यो समय बालबालिकाहरू मिलेर खाजा खाने गरेका छन् । खाजाले बालबालिकालाई मिलेर खाने बानीको समेत विकास गरेको उन्ले बताए । केही समयअघि स्थानीय होमस्टेलाई खाजा बनाउने जिम्मा दिइएको थियो । तर कोरोना संक्रमणका कारण हरेकले आफ्नै घरबाट खाजा बनाएर ल्याउने नियम चलेको हो ।

यो पनि…
यस्तो पो सामुदायिक विद्यालय !

स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच के भयो सहमति ?[पत्रसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested