English

यसरी उतार्न सकिन्छ भाङको नशा



होलीको उमंग भाङले झन् बढाउँछ । तर यसको नशा हटाउन भने गाह्रो छ । भाङको नशा बढी भयो भने अस्पताल भर्ना हुने अवस्था पनि हुनसक्छ । त्यसैले घरमा नै भाङको नशा हटाउने उपाय यस प्रकार छ :

यी लक्षणलाई बेवास्ता नगर्नुहोस्
सामान्यतया भाङ खाएपछि स्नायु प्रणालीको शरीरमा नियन्त्रण हुँदैन । त्यसैले मानिसहरू आफ्नो कुनै पनि गतिविधि नियन्त्रण गर्न सक्षम हुँदैनन् । यस्तो अवस्थामा हाँस्नु, रुनु, धेरै सुत्नु जस्ता सामान्य लक्षण देखिन सक्छन् ।

अत्यधिक भाङ सेवनको कारण व्यक्ति केही समयको लागि केही चिन्न वा सम्झन सक्षम नहुन सक्छ । भाङ खाएपछि आँखा बन्द गर्नुको सट्टा आँखा खुला राखेर सुतिरहेको अवस्थामा त्यसलाई गम्भीरतापूर्वक लिएर तुरुन्त अस्पताल लैजानुहोस् नत्र कोमासम्म समेत जान सक्छ ।

कसरी उतार्ने नशा ?
–भाङको नशा बढेको छ भने ३० ग्राम पाकेको इलमीलाई २५० मिलिलिटर पानीमा भिजाएर छानेर त्यसमा ३० ग्राम सख्खर मिसाएर इलमीको यो पानी पिउने ।

–धेरै मात्रामा मोही पिउने वा ताजा दही पिउन सकिन्छ ।

कागतीको रस चुस्ने वा कागती पानी पिउने ।

–भाङको नशाले हुने बेहोसी हटाउन तोरीको तेल तताएर बिरामीको दुवै कानमा मनतातो तेलको थोपा हाल्ने ।

–अदुवा नशाबाट छुटकारा पाउनको लागि पनि उत्तम औषधि हो । नशाको अवस्थामा रहेका व्यक्तिलाई अदुवाको सानो टुक्रा खुवाउने ।

–मक्खन खाँदा पनि तत्काल आराम मिल्छ ।

– नरिवलको ताजा पानी पनि नशाबाट मुक्तिको लागि उत्कृष्ट उपाय हो । नरिवलको पानी मा एन्टिअक्सिडेन्ट हुन्छ जसले नशा निम्त्याउने पदार्थलाई बेअसर गर्छ ।

यो पनि…
बिहान चक्कर लागेमा के गर्ने ?
नीतिकथा : ज्ञानी व्यक्ति पनि विद्वानहरूको संगतमा हुनुपर्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested