English

आउन थाले आरोही



म्याग्दीस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका-४ मा पर्छ ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका १० जना आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका इटली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।

‘यो यामको पहिलो टोली आधारशिविर आइपुगेका छन्’, उनले भने, ‘कोरोना संक्रमणको दर घटेको र कोरोनाविरुद्धको खोपको पहुँच बढेकाले अब पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ ।’

इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । ‘दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्’, उनले भने, ‘अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौंबाट आउने तयारीमा छन् ।’

अमेरिका, जापान, चीन, क्यानडा, नर्वेलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन् । गत शरद याममा ४० जनाले धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए । सन १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरले पहिलोपटक धौलागिरि हिमालको आरोहण गरेका थिए ।

यो पनि…
बाजेको पाइला पछ्याउँदै आङरिताका नाति (भिडियो पनि)

बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ
३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested