English

जेलेन्स्कीले मागे जर्मनीसँग सहयोग



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आफ्नो देशमा आक्रमण गरेर ‘युरोपको स्वतन्त्रताविरुद्ध नयाँ पर्खाल बनाइरहेको’ भन्दै त्यसलाई रोक्न थप कदम चाल्न अपिल गरेका छन् ।

उनले युक्रेनले युद्धअघि रूससँगको आर्थिक सम्बन्ध सीमित पार्न जर्मनीलाई बारम्बार भनेको उल्लेख गर्दै बर्लिनले रूसलाई ‘स्वतन्त्रता र दासत्वबीचमा’ पर्खाल खडा गर्न सघाएको बताए । किएभबाट बर्लिनस्थित संसद्लाई सम्बोधन गर्दै उनले जर्मन चान्सलर ओलाफ सोल्टस्लाई भने, ‘प्रिय सोल्ट्स्ः यो पर्खाललाई भत्काउनुहोस् ।’

बीबीसीका अनुसार जेलेन्स्कीले रूसविरुद्ध प्रतिबन्धहरू ढिला लगाइएको र त्यस्ता कदमहरू मात्रै पर्याप्त नहुने बताएका छन् । जर्मन संसद्‌मा उनले १० मिनेट सम्बोधन गर्दा सांसदहरूले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए । सांसद्हरूलाई रूसी युद्ध अन्त्य गर्न सघाउन अनुरोध गर्दै उनले दोस्रो विश्वयुद्ध र कम्युनिस्ट शासन ढल्दाको जर्मन अनुभवको चर्चा गरेका थिए ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना

शान्तिको नेतृत्व गर्न बाइडेनलाई जेलेन्सकीको ‘विशेष’ अनुरोध



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested