English

फोरप्ले ले कसरी गर्छ सम्बन्धमा आनन्द ?



जसरी खेल्नुभन्दा पहिले खेलाडीहरूले शरीर तताउन वार्मअप गर्छन् त्यसरी नै सहवास पूर्व वार्मअप आवश्यक हुन्छ । अन्तरङ्ग सम्बन्धभन्दा पहिले गरिने वार्मअपलाई फोरप्ले भनिन्छ । यसमा एक–अर्काको संवेदनशील अङ्ग चलाउनु, चुम्बन गर्नु, अँगालो बाँध्नु आदि पर्छ ।

फोरप्ले आफ्नो पार्टनरलाई शारीरिक सम्बन्धका लागि तयार पार्ने माध्यम हो । यसले दुवैको आनन्दमा वृद्धि गर्छ । फोरप्ले राम्रोसँग भयो भने दुवैको शारीरिक सम्बन्ध चरम सुखमा पुग्न सफल हुन्छ ।

फोरप्लेको समयमा आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुपर्छ । त्यसपछि शारीरिक सम्बन्धका लागि तयार हुनुपर्छ । फोरप्लेका लागि अर्को महत्त्वपूर्ण कुरा गोप्य अङ्गको सरसफाइ पनि हो ।

यौन जीवनलाई सुखद र सुमधुर बनाउन फोरप्लेको भूमिका महत्त्वपूर्ण हुन्छ । कैयौंं जोडी अश्लील चलचित्र वा साहित्यका माध्यमबाट फोरप्लेलाई गति दिन्छन् । यसको नियमित प्रयोगले फाइदाभन्दा बेफाइदा बढी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

शारीरिक सम्बन्धलाई क्रीडा वा कलाको संज्ञा पनि दिइन्छ । अतः यसलाई पूर्ण आनन्दका साथ अपनाउनुपर्छ । यो आइसक्रिम जस्तै हो, जसको पग्लिने सम्भावना बढी हुन्छ । अतः क्रीडालाई पूर्णता प्रदान गर्न हतार गर्नु हुँदैन ।

फोरप्लेको समयमा आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुपर्छ । त्यसपछि शारीरिक सम्बन्धका लागि तयार हुनुपर्छ । फोरप्लेका लागि अर्को महत्त्वपूर्ण कुरा गोप्य अङ्गको सरसफाइ पनि हो । युगल जोडीले आफ्नो शारीरिक सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । शारीरिक सम्बन्ध राख्नु भन्दा अगाडी नुहाउनुपर्छ । यसबाट शारीरिक सम्बन्ध एवं फोरप्ले अझ बढी रुचिकर बन्न जान्छ ।

पार्टनरका ती संवेदनशील अङ्गहरूलाई चिन्ने प्रयास गर्नुपर्छ । जुन अङ्ग स्पर्श गर्दा उनलाई बढी उत्तेजना पैदा हुन्छ । ती अङ्गलाई हात वा जिब्रोले पनि चलाउन सकिन्छ ।

यदि पार्टनरले फोरप्ले वा छेड छाड गर्दैनन् भने आफैँले त्यसको प्रारम्भ गर्नुपर्छ । महिलाले गाउनको ठाउँमा सर्ट लगाउन सकिन्छ, जसको दुई–तीन वटा टाँक खुला हुनुपर्छ । यो देखेर पक्कै पनि श्रीमान् रोमान्टिक मुडमा आउँछन् ।

फोरप्लेका केही टिप्सहरू

– शारीरिक सम्बन्ध राख्नु पूर्व आफ्नो पार्टनरलाई अँगालोमा बाँधेर चुम्बन गर्नुपर्छ । काउकुती लगाउनुपर्छ र संवेदनशील अङ्गहरू चलाउनुपर्छ ।

– पार्टनरका ती संवेदनशील अङ्गहरूलाई चिन्ने प्रयास गर्नुपर्छ । जुन अङ्ग स्पर्श गर्दा उनलाई बढी उत्तेजना पैदा हुन्छ । ती अङ्गलाई हात वा जिब्रोले पनि चलाउन सकिन्छ ।

– शक्तिवर्धक औषधि एवं यौन उत्तेजना बढाउने किसिमका स्प्रे आदिको प्रयोग गर्नुहुँदैन । यसले फोरप्लेमा असर पुर्‍याउने सम्भावना हुन्छ ।

– फोरप्लेका क्रममा एक–अर्कामा इगो होइन समर्पणको भावना राख्नुपर्छ । शारीरिक सम्बन्ध राखेपछि मुख अर्कातिर फर्काएर सुत्नु हुँदैन, त्यसपछि पनि फोरप्लेको जस्तै व्यवहार गरिरहनुपर्छ ।

– सधैँ एउटै आसनमा शारीरिक सम्बन्ध राख्नु हुँदैन । फरक–फरक आसनको प्रयोग गरेमा शारीरिक सम्बन्ध रोमाञ्चक हुदैजान्छ ।

– एउटै स्थान र एउटै ओछ्यानमा शारीरिक सम्बन्ध राख्दा बोर लाग्न पनि सक्छ, त्यसैले बेलाबेलामा शारीरिक सम्बन्ध राख्ने ठाउँ परिवर्तन गरिरहनु पर्छ ।

– फोरप्लेको समयमा श्वास प्रक्रियालाई शान्त राख्नुपर्छ, जसले सहवास लामो समयसम्म चल्न सक्छ ।

– पार्टनरको सहमतिमा मुख मैथुनको माध्यमबाट पनि फोरप्लेको आनन्द उठाउन सकिन्छ ।

– कन्डमको प्रयोग सही समयमा गर्नुपर्छ ।

– शारीरिक सम्बन्धपछि पनि फोरप्लेका कतिपय गतिविधिलाई निरन्तरता प्रदान गर्ने गर्नुपर्छ । यसले एकापसमा सम्बन्ध प्रगाढ बनाउनुका साथै यौन सम्बन्ध पनि सुमधुर रहन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले