English

युभेन्ट्स बाहिरियो, चेल्सी, भिल्लारियल अन्तिम आठमा, लिभरपुलले अंक झार्‍यो, आर्सनल र ब्राइटन पराजित



इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् ।

युभेन्ट्स घरेलु मैदान टुरिनमा भएको दोस्रो लेगममा ३–० अन्तर तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

बुधबार राति भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा भिल्लारियलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

अर्को खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ अन्तरले हरायो । पहिलो लेगमा २–० अन्तरको जित निकालेको चेल्सीले समग्रमा ४–१ को जित हात पार्‍यो । दोस्रो लेगको खेलमा चेल्सी १–० अन्तरले पछि परेको स्थितिमा खेलमा फर्कन सफल भएको थियो ।

लिलको लागि बुरक इलमाजको पेनल्टीमार्फत सान्त्वना गोल गर्दा चेल्सीका लागि क्रिश्टियन पुलिसिक र कप्तान सेसर एपिलिकुएटा गोल गरे ।

आर्सनललाई हराउँदै लिभरपुलले सिटीसँगको दूरी एक अंकमा झार्‍यो

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २–० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ ।

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक–एक गोल गरे । जितसँगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।

हारसँगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ । यता गय राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २–० अन्तरले पराजित गर्‍यो ।

टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक–एक गोल गरे । जितसँगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंकसहित ब्राइटन १३ औं स्थानमा छ ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना
जापानमा भूकम्प : यस्तो छ क्षतिको अवस्था



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested