English

महाभारतको युद्धका लागि श्रीकृष्णले कुरुक्षेत्र नै किन रोजे ?



यो कुरा त तपाईलाई थाहा नै हो कि, महाभारको युद्धका बेला श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश दिएका थिए । तर आज पनि महाभारतसँग जोडिएका केहि यस्ता रहस्य छन्, जसको बारेमा कमै मानिसलाई मात्र थाहा छ । के तपाईले कहिल्यै महाभारतको युद्धका लागि कुरुक्षेत्र नै किन छानियो भनेर सोच्नुभएको छ ? यदि छैन भने थाहा पाइराख्नुहोस् ।

महाभारत

महाभारतको युद्ध संसारको सबैभन्दा ठूलो युद्ध थियो । कौरव र पाण्डवको बीचमा भएको यो युद्धमा दुवै तर्फका करोडौँ योद्धा मारिएका थिए । महाभारतको युद्ध भन्दा पहिला न त यस्तो युद्ध भएको थियो, न त हुने सम्भावना छ । कुरुक्षेत्रको धर्तीलाई महाभारतको युद्धका लागि भगवान श्रीकृष्णले नै चुनेका थिए । तर कुरो उनले महाभारतका लागि अन्य स्थान नचुनी किन त्यहि क्षेत्र चुने भन्ने हो ।यसको पछि एउटा गहिरो रहस्य रहेको छ । शास्त्रका अनुसार महाभारतको युद्ध जब तय भयो तब, दुर्योधनले पाण्डवलाई पाँच पाइला जमीन पनि नदिने निर्णय गर्यो । भगवान श्रीकृष्ण युद्धबाट धर्तीमा बढीरहेको पाप मेटाउन चाहन्थे र धर्मको स्थापना गर्न ।

महाभारत

मान्यताका अनुसार, महाभारतको युुद्धभन्दा पहिला श्रीकृष्णलाई आफ्ना गुरु, दाजुभाई मरिरहेको देखेर पाण्डव र कौरव एकआपसमा सन्धि गर्छन् कि भन्ने डर थियो । जसका लागि उनले यस्तो भूमी चुन्ने फैसला गरे, जहाँ क्रोध र द्वेष धेरै मात्रामा होस् । श्रीकृष्णले यस कामका लागि आफ्ना दूतलाई सबै दिशामा पठाएका थिए । र त्यहाँ भइरहेका घटनाको बारेमा बताउन भने । दूतले त्यसै गरे । उनलाई एक दूतले भने, कुरुक्षेत्रमा एक भाईले अर्को भाईलाई खेतको पानीको विषयमा भएको झगडालाई लिएर मारिरहेको थियो ।

महाभारत

त्यहाँ एक भ्यागुतोले प्वाल पारेको रहेछ, र त्यहाँबाट दाजुको खेतमा पानी जाँदो रहेछ, भाईले भनेँ पानी चोरेको भनेर चक्कूले रोपिदियो र दाजुको शवलाई घिसार्दै त्यहि प्वास नजिक लगेर फालिदिँदै बगेको पानी रोक्यो । त्यसपछि उक्त क्षेत्र नै कृष्णले महाभारतका लालगि उचित ठाने । गुरु,चेला, दाजुभाईबीच युद्ध गराउनका लागि यो क्षेत्र यचित रहेको सोचेपछि मात्रै उनले कुरुक्षेत्रमा युद्ध गर्ने घोषणा गरेका थिए ।

महाभारत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested