English

चीनमा ह्वात्तै कोरोना बढेपछि फेरि लकडाउन



कोरोनाको बढ्दो संक्रमणका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिब ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो ।

उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो ।

मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ ।

कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ । मंगलबार यहाँ तीन हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ ।

त्यस्तै, ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ । १ करोड ७५ लाख मानिसहरूको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ । धेरै उद्योग बन्द छन् भने सुपरमार्केट दराज खाली देखिन्छन् ।

उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ । बाँकी विश्वको धेरैजसो ठाउँमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि महामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना

चीनमा पुनः कोरोना संक्रमित बढे, विद्यालय बन्द



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested