English

चीनमा पुनः कोरोना संक्रमित बढे, विद्यालय बन्द



चीनमा मंगलबार एकैदिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी)ले जनाएको छ ।

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ संक्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ । एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

चीनले कोभिडविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अप्नाएको जनाउँदै आएको छ । कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुन र १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।

शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनिएको छ । रोकथाम र नियन्त्रणलाई समयमै सशक्त नबनाइए कोभिड सजिलै समुदायस्तरमा फैलिन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

संक्रमणका कारण सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरू बन्द छन् । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेका छन् । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना

रूसले मद्दत मागेको छैन : चीन
रूसबारे नेटो के भन्छ ?



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested