English

एम्बाप्पे, नेयमार र लिअन्द्रोको १-१ गोल



बोर्डेअक्सविरुद्ध ३–० अन्तरको सहज जितसँगै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ । घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे, नेयमार र लिअन्द्रो पराडेजले १–१ गोल गरे ।

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने ६१औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए ।

पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ ।

बार्सिलोना तेस्रो स्थानमा

ओसासुनाबिरुद्द ४–० अन्तरको सानदार जित निकाल्दै स्पेनिस ला लिगा क्लब बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा बार्सिलोनालाई अग्रता दिलाए । २१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे । २७औं मिनेटमा औवामियाङले तेस्रो गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ७५औं मिनेटमा रिकीले गोल गर्दै ४–० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ ।

आर्सनल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल र चेल्सीले जित निकालेका छन् । चेल्सीले न्युक्यासल युनाइटेडलाई १–० अन्तरले पराजित गर्‍यो । खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले चेल्सीको लागि विजयी गोल गरे ।

जितसँगै चेल्सी २८ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अंक कम हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ ।

आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ५९औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० अन्तरको सहज जित दिलाए ।

यो पनि..
असन्तुष्ट क्लबको मुद्दा समेटिएन



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा