English

विश्वेश्वर प्रसाद कोइरालाका मनछुने १० भनाई



विश्वेश्वर प्रसाद कोइराला एक कुशल नेता हुन् । जननिर्वाचनबाट आएका नेपालका प्रथम प्रधानमन्त्री समेत हुन् कोइराला । उनको जन्म सन् १९१४ सेप्टेम्बर ८ मा भएको थियो भने सन् १९८२ जुलाई २१ मा उनको निधन भएको थियो । उनी चर्चित सहित्यकार पनि हुन् । उनले लेखेका नरेन्द्र दाई, तीन घुम्ती, बाबु, आमा र छोरा, सुम्निमा जस्ता धेरै उपन्यास चर्चित छन् । उनका चिन्तन र विचारहरू अझै पनि प्रेरणादायी मानिन्छन् । यहाँ उनका १० मन छुने भनाई समेटिएको छ ।

१.साहित्य सभ्यताको प्रतीक हो ।

२.साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

३. प्रजातन्त्र बिना देश रहँदैन ।

४.राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।

५.जीवन नै एक सुनिश्चित जोखिम हो ।

६. सङ्गीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता पर्दछ ।

८.कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

९.देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो ।

१०.हामीले आफ्ना बिरोधीहरूलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested