English

विश्वेश्वर प्रसाद कोइरालाका मनछुने १० भनाई



विश्वेश्वर प्रसाद कोइराला एक कुशल नेता हुन् । जननिर्वाचनबाट आएका नेपालका प्रथम प्रधानमन्त्री समेत हुन् कोइराला । उनको जन्म सन् १९१४ सेप्टेम्बर ८ मा भएको थियो भने सन् १९८२ जुलाई २१ मा उनको निधन भएको थियो । उनी चर्चित सहित्यकार पनि हुन् । उनले लेखेका नरेन्द्र दाई, तीन घुम्ती, बाबु, आमा र छोरा, सुम्निमा जस्ता धेरै उपन्यास चर्चित छन् । उनका चिन्तन र विचारहरू अझै पनि प्रेरणादायी मानिन्छन् । यहाँ उनका १० मन छुने भनाई समेटिएको छ ।

१.साहित्य सभ्यताको प्रतीक हो ।

२.साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

३. प्रजातन्त्र बिना देश रहँदैन ।

४.राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।

५.जीवन नै एक सुनिश्चित जोखिम हो ।

६. सङ्गीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता पर्दछ ।

८.कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

९.देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो ।

१०.हामीले आफ्ना बिरोधीहरूलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।



सम्बन्धित खबरहरु

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Popular
Suggested