English

पोल्यान्डनजिक मिसाइल प्रहार, ठूलो संख्यामा मारिए सेना



युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ ।

त्यस्तै पश्चिमी सहर इभानो फ्रायांकिभ्स्कनजिक बिस्फोट भएको छ । सहरको एउटा विमानस्थललाई निशाना गरेर मिसाइल प्रहार गरेकोे प्राप्त विवरणहरुमा जनाइएको छ । ‘प्रारम्भिक सूचनामा विमानस्थललाई लक्षित गरी हमला गरिएको देखिन्छ,’ सो सहरका मेयर रुसलान मार्टसिनकिभले फेसबुक पोस्टमा लेखेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा अहिलेसम्म १३ सय युक्रेनी र १२ सय रुसी सेना मारिएको दाबी गरेका छन् ।

यसैबीच, मोल्दोभाका प्रधानमन्त्री नातालिअ गाभरिलिटाले युक्रेनी शरणार्थीको प्रवाहको सामना गर्न देशमा सहयोगको आवश्यकता परेको बताएका छन् । युरोपकै सबैभन्दा बिकासन्मुख देश मोल्दोभाले करिव एक लाख युक्रेनीलाई शरण दिइरहेको छ ।

यो पनि…
अमेरिकाले १२ हजार सेना पठायो रुसको सीमा क्षेत्रका मुलुकमा
रूस-युक्रेन युद्ध : हरेक आधा घण्टामा गोलाबारी, मेयरको अपहरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested