English

यस्ता छन् कागतीको बोक्राका फाइदा



कागतीको बोक्राको फाइदा कमैलाई मात्र थाहा छ । त्यसैले हामी यसको रस निकालेर बोक्रा फाल्ने गर्दछौं । तर, कागतीको रसको तुलनामा यसको बोक्रामा धेरै भिटामिन सी हुन्छ । यसको बोक्रामा एन्टिबेक्टेरियल गुण पनि हुन्छ । यसका साथै क्याल्सियम, पोटासियम र म्याग्नेसियमको मात्रा पनि हुन्छ, जसले तपाईंको छालालाई मुलायम र हेल्थी बनाउँछ ।

कागतीको बोक्रालाई तपाईं अलग–अलग तरिकाले पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको प्रयोगले चाउरीपना, दागधब्बा तथा छालाको अन्य समस्याहरूको समाधान पनि हुन्छ । सुन्दर हुन घरेलु रूपमा प्रयोग हुने कागतीको बोक्रालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौँ ।

कागतीको बोक्राको पाउडर

— कागतीको बोक्रालाई प्रयोग गर्न सबैभन्दा पहिले यसलाई सानो–सानो टुक्रा बनाएर काट्ने र घाममा सुकाउने ।

– घाममा राम्ररी सुकिसकेपछि यसलाई मिक्सचरमा राखेर पिस्ने ।

– तयार पारिएको पाउडरलाई हावा नपस्ने सुख्खा भाँडोमा राख्ने ।

– यसरी तयार पारिएको पाउडरलाई तपाईं लिपबाम, क्लिन्जर र फेसवासको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

कागतीको बोक्राबाट स्क्रब

कागतीको बोक्रा र चिनी मिसाएर मुहार तथा शरीरको लागि स्क्रब तयार गर्न सकिन्छ । स्क्रबमा चिनी र कागतीको बोक्राको साथै मह र नरिवलको दूधको पनि प्रयोग गर्न सकिन्छ । यसरी तयार परिएको स्क्रब तपाईं नुहाउनुअघि प्रयोग गर्न सक्नु हुन्छ । यसले तपाईंको छालालाई मुलायम र फ्रेस बनाउँछ ।

कागतीको बोक्राबाट फेसप्याक

तपाईको छाला तैलिय छ भने कागतीको बोक्राबाट बनेको फेसप्याक तपाईंको लागि उपयुक्त हुन सक्छ । फेसप्याक बनाउन एक ठूलो चम्चा बेसनको पिठोमा एक सानो चम्चा कागतीको बोक्राबाट बनेको पाउडर र गुलाव जल मिसाउनुहोस् । यसलाई अनुहारमा लगाएर १५ मिनेटपछि सफा पानीले धुनुहोस् । यो फेसप्याकले अनुहारलाई मुलायम र नरम बनाउँछ ।

कागतीको लिपबाम

बजारमा पाईने विभिन्न लिपबामहरूले हाम्रो ओठलाई केही समयको लागि मुलायम बनाए पनि यसमा प्रयोग भएको विभिन्न केमिकलले ओठ कालो बनाउने, फुट्ने समस्या हुुन सक्छ । त्यसैले घरमै कागतीको बोक्राबाट बनेको पाउडर, चिनी र बदामको तेल मिसाएर पेस्ट बनाउनु होस् र फ्रिजमा राख्नुहोस् । यसलाई केही घन्टापछि प्रयोग गर्न सकिन्छ । यसले ओठ मुलायम र नरम बनाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले