English

बंगलादेशको अनुमति नपाउँदा सन्नी लियोनीलाई समस्या



बलिउड अभिनेत्री सन्नी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन ।

बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।

सन्नीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । सन्नीको ‘वर्क परमिट’लाई मिनिष्ट्री अफ इनफर्मेसन एन्ड ब्रोडकास्टिङ बंगलादेशले दिन अस्वीकार गरेको छ । अस्वीकारबारे विस्तृत कारण खुलेको छैन । तर, बंगलादेशका कैयौं इस्लामिक समूहहरूले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् । उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सन्नीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन् । बंगलादेश सरकारले सन्नीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’ दिइसकेको छ ।

यसअघि, सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन । एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सन्नीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’ पाएकी थिइनन् ।

यो पनि
सलमानसँग काम गरेकी यी अभिनेत्रीको जीवनका सुख-दुःख
यसरी ठगिइन् सनी लियोनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested