English

यस्ता काम गरे परिन्छ सरकारी कारबाहीमा



गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर–कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्यगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ । ठगीका यस्ता गतिविधिहरू भएको सूचना प्राप्त भएमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तो काम गर्नेमाथि कारबाही
१.रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,
२.नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,
३.भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,
४.जग्गा वा घडेरी उपलब्ध गराउने,
५.उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,
६.अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने,
७.घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,
८.अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै
दुरुत्साहन गर्ने,
९.डिजिटल मुद्रामा लगानी गर्ने गराउने,
१०.रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,
११.विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,
१२.ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,
१३.कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत
बनाउने,
१४.ढुकुटी खेल्ने, खेलाउने,
१५.अनलाइन ठगी गर्ने,
१६.मिटर ब्याजमा रकम उपलब्ध गराउने,
१७.बैंकिङ्ग प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने ।

यो पनि…
गठबन्धनको भविष्य चुनावमा निर्भर
निर्वाचनको तयारीमा होमियो कांग्रेस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,