English

यस्ता काम गरे परिन्छ सरकारी कारबाहीमा



गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर–कानूनी ठगी गरिरहेको भन्दै यस्तो कार्यगर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको छ । ठगीका यस्ता गतिविधिहरू भएको सूचना प्राप्त भएमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तो काम गर्नेमाथि कारबाही
१.रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,
२.नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,
३.भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,
४.जग्गा वा घडेरी उपलब्ध गराउने,
५.उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,
६.अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने,
७.घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,
८.अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै
दुरुत्साहन गर्ने,
९.डिजिटल मुद्रामा लगानी गर्ने गराउने,
१०.रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,
११.विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,
१२.ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,
१३.कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत
बनाउने,
१४.ढुकुटी खेल्ने, खेलाउने,
१५.अनलाइन ठगी गर्ने,
१६.मिटर ब्याजमा रकम उपलब्ध गराउने,
१७.बैंकिङ्ग प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने ।

यो पनि…
गठबन्धनको भविष्य चुनावमा निर्भर
निर्वाचनको तयारीमा होमियो कांग्रेस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested