English

गठबन्धनको भविष्य चुनावमा निर्भर



सत्ता गठबबन्धनको एक हिस्सेदार एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरूलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाइरहेका थिए ।

सोही समयमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पार्टी कार्यालमा स्थानीय तह निर्वाचन लक्षित एक महिने अभियानबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गरेर जानेबारे निर्णय भइनसकेको जनाएका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आउँदो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भएको उल्लेख गर्दै भनेका थिए, ‘हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमति रहेको छ, निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैंलाई हुनुपर्‍यो । ठीक मूल्यांकन गर्नु पर्‍यो । अरू पार्टीहरूको शक्ति कति छन्, त्यसको पनि जानकारी हुनुपर्‍यो ।’

तर कांग्रेस उपसभापति खड्काले भने पार्टीमा व्यापक छलफल गरेर मात्रै गठबन्धनको विषयमा टुंगोमा पुग्ने बताए । गठबन्धन सरकार छ । गठबन्धनमा भएका पार्टीहरू अहिले पहिलो चरणमा हामी जनताको बीचमा जाँदैछौं । अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्ने अहिले छलफलकै विषय हो,’ त्यसक्रममा खड्काले भने, ‘गठबन्धनका विषयमा निर्वाचन प्रक्रिया सुरु भएपछि पार्टीमा व्यापक छलफल गरेर टुंगोमा पुग्छौं ।’

गठबन्धनका विषयमा केन्द्रीय समिति बैठकपछि मात्रै टुंगो लाग्ने पनि उनको भनाइ थियो । तर नेता रामचन्द्र पौडेलले भने संविधानको रक्षाका लागि विगतमा गरिएको गठबन्धनलाई निर्वाचनसम्मै लैजाने बताए । तनहुँ बुधबार एक कार्यक्रममा उनले जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा हुने बताउँदै आवश्यकताका आधारमा आगामी निर्वाचनमा गठबन्धन हुने बताए ।

कांग्रेसमा सभापति शेरबहादुर देउवापक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा छ । त्यसैले देउवाले हिजोको बैठकमा समेत गठबन्धनका दलहरूको चित्त दुख्ने गरि अभिव्यक्ति नदिन निर्देशन नै जारी गरेका थिए । तर नेता शेखर कोइराला पक्ष भने गठबन्धन गरेर अघि जान नहुने पक्षमा रहेका छन् । महामन्त्री गगन थापाले चुनावमा गठबन्धन गर्न नहुने विषयलाई जोड दिइरहेका छन् ।

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर अघि बढ्दा प्रतिपक्षी एमालेलाई ‘साइज’ मा ल्याउन सकिने हिसाब गरिरहेका छन् । एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा समेत यसबारे बहस भएको छ । कांग्रेसमा गगन थापाहरू एक्लै जानुपर्ने पक्षमा रहेको ब्रफिङ बैठकमा नेता झलनाथ खनालले गरेका थिए ।

नेताहरूबीच गठबन्धनका बारेमा फरक-फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खुस्कन लागेको त होइन भन्ने आशंका उब्जिएको छ ।

उनीहरूले निकालेको हिसाबसमेत सुनाएको नेताहरूले बताएका छन् । कांग्रेसमा गगनहरूले एक्लै लड्दा ११५ सिट जितिने र गठबन्धन गरेर जाँदा ७० सिट मात्र जितिने हिसाब निकालेको दाबी नेता खनालको छ ।

उता कांग्रेसले फागुन २९ देखि स्थानीय तह निर्वाचन अभियान सुरु गर्दै छ । एक महिना चल्ने अभियानपछि मात्र कांग्रेसले गठबन्धनबारे औपचारिक निर्णय गर्ने कांग्रेसको तयारी छ ।

घरघर पुग्ने अभियान चलाउने बताएको कांग्रेसले नेकपाकालीन सरकारको भण्डाफोर अभियान चलाउने जनाएको छ । यसको अर्थ माओवादी र नेकपा एकीकृतका नेताहरूसमेत रहेको तत्कालीन नेकपाको सरकारविरुद्ध कांग्रेस लाग्दा त्यसको प्रत्यक्ष असर ती दललाई पनि पर्ने छ ।

देशभर पार्टी अवस्था सो समयमा बुझ्दा देखिने एक खालको चित्रपछि गठबन्धनबारे टुंगो लगाउने छ । नेताहरूबीच गठबन्धनका बारेमा फरक-फरक धारणा आइरहँदा गठबन्धनको गाँठो खुस्कन लागेको त होइन भन्ने आशंका उब्जिएको छ ।

कांग्रेसले तत्कालीन नेकपाको सरकारविरुद्ध र गठबन्धनका नेताहरूलाई आक्रोश पोखिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई होच्याउने काम भइरहेको भन्दै २३ सिट भएकालाई सिंहासनमा पुर्‍याएकाले तल झार्न सक्ने चेतावनी दिएका छन् । नेताहरूबीचको आरोपप्रत्यारोपले गठबन्धनबीचको सम्बन्धमा समस्या बढ्दै जान सक्ने सम्भावना रहन्छ ।

यो पनि…
निर्वाचनको तयारीमा होमियो कांग्रेस

किन विवादमा तानिए परराष्ट्रमन्त्री ?
मतपत्रमा चुनाव चिह्न : आयोगको निर्णयमा आपत्ति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested