English

पहिलोपटक ट्रेकिङमा जानेले ध्यान दिनुपर्ने कुराहरु



दैनिक रुटिनबाट समय निकालेर रमणीय ठाउँहरूमा ट्रेकिङ जाँदा रिफ्रेस भइन्छ । त्यसैले, ट्रेकिङ प्रेमीहरूको संख्या बढ्दो छ । कतिपय मानिसहरू पहिलो पटक ट्रेकिङ जाँदा धेरै नै उत्साहित हुन्छन् । तर केही पक्षमा ध्यान नदिंदा विभिन्न समस्याहरू आइपर्न सक्छ । यदि तपाई पहिलो पटक ट्रेकिङ जाँदै हुनुन्छ भने यी कुराहरूमा दिनुहोस् ध्यान ।

गन्तव्यमा पुग्न हतार नगरौँ

पहिलो पटक ट्रेकिङमा जाँदै हुनुन्छ भने धेरै छिटो हिँड्नु हुँदैन। बिस्तारै हिँड्नु भयो भने तपाईंलाई गन्तव्यसम्म पुग्न सहज हुन्छ । गन्तव्यमा छिटो पुग्ने सोचाईमा छिटो छिटो हिँड्दा तपाई छिटो थाक्नु हुन्छ र तपाईलाई गन्तव्यमा पुग्न झनै कठिनाई हुनसक्छ । छिटो छिटो हिँड्ने चक्करमा लडेर चोटपटक पनि लाग्न सक्छ ।

आफूलाई यसरी राख्नुहोस् हाईड्रेट

पहाडी क्षेत्रमा ट्रेकिङ गर्दै हुनुन्छ भने तपाईंले बेला–बेलामा पानी पिउन बिर्सनु हुँदैन । तर एकै पटक धेरै पानी पिउनु हुन्न । ट्रेकिङको समय अवधि भरिमा ६ देखि ७ लिटर पानी पिउनु पर्ने हुन्छ, त्यो पनि थोरै–थोरै गरेर सुरुप-सुरुप पिउनु पर्छ ।

धेरै आराम गर्नुहुन्न

पहाडी क्षेत्रमा तापक्रम कम हुन्छ । लगातार हिँड्नाले शरीर तातिन्छ । हामी जति जति माथि उचाईतर्फ बढ्दै जान्छौं, त्यति चिसो पनि बढ्दै जाने भएकोले शरीरको तापक्रम बढाउन शरीरको गतिविधिलाई जारी राख्नुपर्छ । तपाईंले धेरै समय आराम गर्नु भयो भने शरीरको तापक्रम घट्छ र तपाईंको स्वास्थ्यमा असर पर्न सक्छ ।

हतार गर्नुहुन्न

कतिपयको हतार गर्ने बानी हुन्छ । यता उती नहेरी हतार हतार हिँड्नाले वरपरको रमणीय दृश्यको अवलोकन गर्न पाइँदैन । एकछिन थकाइ मारेजस्तो बसेर दृश्यको अवलोकन गर्दा यात्रा झन रमाइलो हुन्छ ।

हल्का भारीको तयारी

ट्रेकिङ गर्न जाँदा धेरै भारी बोक्ने कष्ट गर्नु हुन्न, जरुरी सामान मात्र बोक्नु पर्छ । पहाडी क्षेत्रमा ट्रेकिङ गर्न जाँदै हुनुहुन्छ भने त्यति मात्र सामान बोक्नुहोस्, जति तपाईंलाई बोक्न सजिलो हुन्छ । धेरै सामानको भारीले ट्रेकिङमा हिँड्न गाह्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested