English

युक्रेनको बाल अस्पताल ध्वस्त



रूसले युक्रेनको बन्दरगाह शहर मारिओपोलस्थित बाल अस्पताल ध्वस्त पारेको त्यहाँको नगर परिषद्ले जनाएको छ ।फेसबुकमा जारी गरिएको विज्ञप्तिमा अधिकारीहरूले ‘हस्तक्षेपकारी रूसी फौजहरूले बाल अस्पतालमा कैयौँ बम खसालेको’ बताएका छन् । उनीहरूका अनुसार ‘निकै ठूलो क्षति’ भएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाका फुटेजसहित ट्वीट गर्दै त्यसलाई ‘सीधा हमला’ को संज्ञा दिएको
बीबीसीले उल्लेख गरेको छ । जेलेन्स्कीले भनेका छन्, ‘बालबालिका भग्नावशेषमुनि छन् । बर्बरता ! कहिलेसम्म ? विश्व यो आतङ्कलाई बेवास्ता गरेर सहयोगी बनिरहन्छ ?’

अधिकारीहरूले हताहत हुने मानिसको स्पष्ट सङ्ख्या अझै थाहा नभएको बताएका छन् । एक युक्रेनी सैन्य अधिकारीले घाइतेहरूलाई नजिकैको अर्को अस्पताल सारिएको बताएका छन् ।

यो पनि…
‘पुटिन आक्रोशित र हताश छन्’

रूस-युक्रेन द्वन्द्व लम्बिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो