English

यी हुन् सुखी जीवनका सूत्र



महाभारतमा कौरव-पाण्डवको कथाबाट जीवनलाई सुखी र सफल बनाउने स्रोत बताइन्छ । महाभारतमा विदुर र धृतराष्ट्र बीचको संवाद छ जसलाई विदुर नीति भनिन्छ । जीवनमा यी नीतिहरू लागू गर्नाले हाम्रा धेरै समस्याहरू समाप्त हुन सक्छन् ।

सम्पत्ति, स्वास्थ्य, सन्तानको आज्ञापालन, जीवनसाथीलाई बुझ्ने र धन आर्जनमा सहयोग गर्ने ज्ञान, जसको जीवनमा यी पाँच चिज हुन्छ, उसको जीवन सधैं सुखी हुन्छ ।

सम्पत्ति पर्याप्त भएमा हामी आफ्नो आवश्यकता पूरा गर्न सक्षम हुनेछौं र खराब समयमा पैसाको कारण धेरै समस्याहरू समाधान गर्न सकिन्छ ।

सम्पत्ति छ तर स्वास्थ्य राम्रो छैन भने त्यसको सुख ठीकसँग लिन सकिँदैन । त्यसैले राम्रो स्वास्थ्य पनि महत्त्वपूर्ण छ । सन्तान छ र नमान्ने हो भने परिवारमा समस्या हुन्छ । सन्तान आज्ञाकारी भए घरमा सुख शान्ति कायम रहन्छ ।

जसको जीवनसाथी खराब समयमा पनि सँगै रहन्छ उनिहरूले अप्ठ्यारोलाई सजिलै पार गर्न सक्छन् । यदि हामीसँग पैसा कमाउने कुनै सीप, कला वा शिक्षा छ भने जीवनको लागि आवश्यक चीजहरू जुनसुकै अवस्थामा र जुनसुकै ठाउँमा प्राप्त गर्न सक्छौं । यी पाँच कुराका साथसाथै धैर्य पनि गर्नुपर्छ । परिस्थिति जस्तोसुकै किन नहोस् हतार गर्नु हुँदैन नत्र स्थिति झन् बिग्रन सक्छ ।

विदुरसँग सम्बन्धित

विदुर एक दासीका छोरा र कौरवहरूका मुख्यमन्त्री थिए । उनी धर्मराजको अवतार मानिन्छन् र महाभारतका महान् पात्रहरूमध्ये एक थिए । दासीको छोरो भए पनि महाभारतमा विदुरको भूमिका महत्त्वपूर्ण छ ।

विदुरले समय-समयमा धृतराष्ट्रलाई गलत काम गर्नबाट रोक्ने प्रयास गरेका थिए तर धृतराष्ट्रले उनको कुरा सुनेनन् । विदुरले पाण्डवहरूलाई यस्ता धेरै नीतिहरू सुनाएका थिए, जसलाई अपनाएर उनीहरू धेरै दुःखबाट मुक्त भएका थिए । विदुरले विदुर नीति नामक ग्रन्थ लेखे ।
यो पनि…
गहिरो निद्राका लागि के-के खाने ?
हिँडाइ उत्कृष्ट व्यायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested