English

महानगरले भन्याे– अनावश्यक पाठ्यसामग्रीले विद्यार्थीलाई बोझ नबनाउनू



काठमाडाैं महानगरपालिकाले विद्यार्थीलाई अनावश्यक थप पाठ्यसामग्रीको बोझ नबोकाउन सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज बुधबार सूचना निकालेर पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विषय र घण्टाबाहेक अतिरिक्त विषय पढाउन चाहेमा विभागबाट अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।

कतिपय संस्थागत विद्यालयले विद्यार्थीलाई अनावश्यक रूपमा थप पाठ्यसामग्री प्रयोग गर्न लगाएको र गह्रौँ झोला बोकाउने गरेको गुनासो आइरहेकोले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा भएको मापदण्डअनुसारको तौल र सीमाभित्रै रहने गरी व्यवस्था मिलाउन पनि महानगरको शिक्षा विभागले अनुरोध गरेको छ ।

यस्तै, आउँदो शैक्षिक सत्र २०७९ का लागि पाठ्यक्रम विकास केन्द्र सानोठिमीद्वारा स्वीकृत तथा अनुमति प्राप्त पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्रै प्रयोग गर्न पनि महानगरपालिकाले स्मरण गराएको छ ।

यो पनि
स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित
काठमाडौं महानगरपालिकाले भन्यो, ‘कोभिड देखिए विद्यालय बन्द गर्नू’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested