English

महानगरले भन्याे– अनावश्यक पाठ्यसामग्रीले विद्यार्थीलाई बोझ नबनाउनू



काठमाडाैं महानगरपालिकाले विद्यार्थीलाई अनावश्यक थप पाठ्यसामग्रीको बोझ नबोकाउन सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले आज बुधबार सूचना निकालेर पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको विषय र घण्टाबाहेक अतिरिक्त विषय पढाउन चाहेमा विभागबाट अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।

कतिपय संस्थागत विद्यालयले विद्यार्थीलाई अनावश्यक रूपमा थप पाठ्यसामग्री प्रयोग गर्न लगाएको र गह्रौँ झोला बोकाउने गरेको गुनासो आइरहेकोले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा भएको मापदण्डअनुसारको तौल र सीमाभित्रै रहने गरी व्यवस्था मिलाउन पनि महानगरको शिक्षा विभागले अनुरोध गरेको छ ।

यस्तै, आउँदो शैक्षिक सत्र २०७९ का लागि पाठ्यक्रम विकास केन्द्र सानोठिमीद्वारा स्वीकृत तथा अनुमति प्राप्त पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्रै प्रयोग गर्न पनि महानगरपालिकाले स्मरण गराएको छ ।

यो पनि
स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित
काठमाडौं महानगरपालिकाले भन्यो, ‘कोभिड देखिए विद्यालय बन्द गर्नू’



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested