English

२० लाखभन्दा बढी युक्रेनी विदेशीको शरणमा



२४ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्णरूपमा हमला गरेपछि २० लाखभन्दा बढी मानिसहरू युक्रेन छाडेर विभिन्न देशहरूमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३ सय १२ मानिसहरू देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन’ भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने । पाशविक युद्धका कारण परिवारहरू निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् ।

रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरू र राष्ट्र संघले अनुमान गरेका छन् ।

यो पनि…
हामीलाई माया चाहिन्छ, मिसाइल होइन
युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो