English

२० लाखभन्दा बढी युक्रेनी विदेशीको शरणमा



२४ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्णरूपमा हमला गरेपछि २० लाखभन्दा बढी मानिसहरू युक्रेन छाडेर विभिन्न देशहरूमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३ सय १२ मानिसहरू देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन’ भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने । पाशविक युद्धका कारण परिवारहरू निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् ।

रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरू र राष्ट्र संघले अनुमान गरेका छन् ।

यो पनि…
हामीलाई माया चाहिन्छ, मिसाइल होइन
युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested