English

बायर्न र लिभरपुल क्वार्टरफाइनलमा



स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । मंगलबार साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७–१ को सानदार जितसहित बायर्नले क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

तीन साता अघि पहिलो लेगमा १–१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो । बायर्न समग्रमा ८–२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

१२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो । २१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो ।

त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३–० मा पुर्‍याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डोर्‍याएका थिए । ७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।

८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६–१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।

अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १–० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

हार बाबजुद लिभरपुल क्वाटरफाइनलमा
इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १–० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले अवे खेलमा मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २–० को जित हात पारेको थियो । योर्गान क्लोपको टोली समग्रमा २–१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

६१औं मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।

त्यसको दुई मिनेट पछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो । इन्टर यसअघि सन् २०१०–११ मा क्वार्टरफाइनल र २०११–१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो ।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested