English

सेयर बजारमा सामान्य सुधार



साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ। निरन्तर ६ कारोबार दिनदेखि ओरालो लागेको बजारमा आज सामान्य सुधार भएको हो।

सोमबार नेप्से परिसूचक १.५४ अंक बढेर २५४४.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको हो। आज २३० स्टकको ४० हजार १३० पटकको कारोबारमा २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको ५३ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको थियो।

सोमबार कारोबार भएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूलय सर्वाधिक ५.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बोटलर्स नेपाल तराईको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने पञ्चकन्या माइ हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र पाँचथर पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४७ प्रतिशत, होटल तथा पर्यटनको ०.४९ प्रतिशत, बैंकिङ्गको ०.३९ प्रतिशत र निर्जीवन बीमाको ०.०९ प्रतिशत बढेको छ। यस दिन वित्त, जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि
सेयर बजारमा ६३ अंकको पहिरो
नेप्सेमा ४३ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा सीमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested