English

सेयर बजारमा ६३ अंकको पहिरो



सेयर कारोबार मापक नेप्से परिसूचक २५ सय भन्दा तल झरेको छ । बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक २४ सय ४६ दशमलव ६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५७२ रुपैयाँ पुगेको छ ।

यसैगरी सिभिल बैंकको सेयर मूल्य २.८ रुपैयाँले बढेर २२६.३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरूको सेयर मूल्य बुधबार घटेको छ ।

यो पनि…
सुनको मूल्य एक लाख रुपैयाँ नजिक
यस्तो छ, आजको विनिमय दर



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested