English

कोलोनोस्कोपी किन र कसलाई ?



‘दशैँ-तिहार रमाइलो पछिको समय थियो । ओपीडीमा सदाझैँ बिरामी हेर्दै थिएँ । एक ४३ वर्षको पुरुष आउनुभयो । उहाँको गुनासो थियो, ‘विगत सात दिनदेखि दिसामा रगत मिसिएर आइरहेको, दिसा पनि खुलेर नआउने । बाथरुमबाट बाहिर निस्केपछि पनि फेरि जान मन लाग्ने ।

उहाँलाई सोध्दै जाँदा विगत १६ महिनादेखि कहिलेकाहीँ दिसामा रगत देखिँदो रहेछ उहाँलाई । नजिकैको औषधि पसल चलाउने साथी हुनुहुँदो रहेछ । पायल्स हो भन्दै त्यसको उपचार गर्दै बस्नु भएको रहेछ ।

कहिलेकाहीँ कब्जियत हुने, रक्सी चुरोट नि मज्जैले सेवन गर्ने । सेकुवा खानाको रुचि, मोटो मान्छे, वजन घटेको अनुभव त थिएन तर लुगा खुकुलो हुँदै गएको । सबै जाँच गरेपछि कोलोनोस्कोपी गर्नुपर्छ भनेँ हुन्छ भन्नुभयो ।

कोलोनोस्कोपीमा उहाँको तल्लो ठूलो आन्द्रामा १२ सेमीलामो मासु पलाएको रहेछ जुन सिटी स्क्यानगर्दा कलेजो र छातीमा फैलिसकेको रहेछ । बायोप्सीमा ठूलो आन्द्राको क्यान्सर आयो । उहाँलाई पेटको सर्जन र क्यान्सरको डाक्टरको रिफर गरिदिएँ ।
के-हो कोलोनोस्कोपी ?

कोलोनोस्कोपी एउटा यस्तो परीक्षण प्रक्रिया हो जसको मद्दतले ठूलो आन्द्राको सम्पूर्ण भाग र सानो आन्द्राको अन्तिम भाग जाँच हुने गर्दछ । एउटा लामो पातलो ट्युब जसमा क्यामरा राखिएको हुन्छ र भित्र राम्रो सङ हेर्न नियालेर हेर्न सकिन्छ ।

सामान्यतया, आन्द्राको समस्या विभिन्न कारणले हुन सक्छ । त्यसको ठोस कारण के हो भनेर सीधै हेर्न मिल्ने एक मात्र उपायहो कोलोनोस्कोपी । यसले आन्द्रामा घाउ छ, बाटो साँघुरो छ, मासु पलाएको छ, कतैबाट रगत बगेको छ, सबै स्पष्टरूपमा देखाउँछ ।

किन गरिन्छको कोलोनोस्कोपी ?

ठूलो आन्द्राको र पाचन प्रणालीका विभिन्न समयलाई आफ्नै आँखाले हेरी त्यसका कारण पत्ता लगाउन सबैभन्दा राम्रो उपकरण हो इन्डोस्कोपी । यसको प्रयोग विशेष गरी तल उल्लेख गरिएका समस्यामा गरिन्छ ।
कुनै पनि कारणले दिसाबाट रगत गएमा त्यसको ठोस कारण पत्ता लगाउने एक मात्र उपकरणहो कोलोनोस्चोपी ।

कतिपय मानिस एक दुई चोटि दिसाबाट रगत जाँदा सामान्य रूपमा लिन्छन् । कतिले पायल्स मात्र होला भनेर छोड्ने गर्दछन् । तर ठूलो आन्द्राको क्यान्सर पनिहुन सक्छ भन्ने कुरालाई बेवास्ता गर्दछन् । त्यस्तै पोलिप (सानो मासु पलाएको), या आन्द्रा सुनिएको पनिहुन सक्छ जुन पछि गएर क्यान्सर हुन सक्छ । यदि, समयमा पहिचान भएमा क्यान्सर बाटबच्न सकिन्छ । जुन कोलोनोस्कोपीबाट सम्भव छ ।

–दिसाबाट रगत गएमा
–निरन्तर कब्जियत भएमा
– लामो समयसम्म पखाला लागेमा
– लगातार कालो दिसा गएमा
– दिसामा धेरै चिप्लोपना (म्युकस) वाफिँज निरन्तर आएमा
– तौल घट्दै गएमा
– निरन्तर तल्लो पेटदुखेमा
– ट्युमर वाठुलो आन्द्राको क्यान्सर शङ्का लागेमा

माथिल्लो पेटमा कुनै कारण नभई लामो समयसम्म रगतको कमी र कालो दिसा जाँदा ठुलो आन्द्राको समस्याहुन सक्छ । यसैगरी प्राय:जसो तौल घट्दै गएमा पेट वा ठूलो आन्द्राको क्यान्सर शङ्का गरिन्छ ।

आजकाल ५० वर्ष नाघे पछि १० वर्ष मा १ चोटि कोलोनोस्कोपी गर्नु भन्ने विदेशतिर गाइडलाइन बनेको छ । यसको फाइदा भनेको क्यान्सर हुन सक्ने कारणहरू पत्ता लगाई समयमै क्यान्सर हुन नदिने वा क्यान्सर भइहाले शुरुवातकै स्टेजमा पत्ता लगाई समय मै उपचार गर्नलाई हो । योनियम नेपालमा लागू हुन मलाइ लाग्छ कुनै ठूलै बडामान्छेलाई ठूलो आन्द्राको क्यान्सर भए सम्भव होला ।

कोलोनोस्कोपीबाट पत्ता लाग्ने रोग

पायल्स : पायल्स हुँदा ठूलो आन्द्राको मलद्वार नेर रगतको नशा फुलेको देखिन्छ । कत्रो र कुन स्टेजको छ भनेर पनि थाहा हुन्छ ।
आल्सरेटिभकोलाइटिस : यो ठूलो आन्द्रा सुनिएर पाचन प्रणाली सुनिन गई दिसाबाट रगत बग्ने रोग हो । यसको निश्चित अवस्था कस्तो छ, कहाँसम्म फैलिएको छ भनेर पत्ता लगाउन सकिने एक मात्र विधि हो कोलोनोस्कोपी ।
क्यान्सर : ठूलो आन्द्राको क्यान्सर देखिने मात्र होइन त्यसको पहिचान गर्नलाई चाहिने बायोप्सी कोलोनोस्कोपीबाट मात्रै सम्भव छ । कति लम्बाइमा फैलिएको छ भनेर पनि थाहा पाइन्छ ।
पोलिप : ठूलो आन्द्रामा मासु पलाएको अवस्था, पछि गएर क्यान्सर हुन सक्छ । यो पत्तालाग्ने मात्र होइन यसलाई बिनाठूलो चिरफार पूरै निकाल्न कोलोनोस्कोपीबाट सम्भव छ ।
पेटको टिभी : ठूलो आन्द्राको कुनै पनि ठोस अवस्था, डाइभर्टीकुलाइटिस या घाउको कुनै अवस्था देखिन्छ ।

कोलोनोस्कोपी गर्नुका फाइदा

– रोगको ठोस पहिचान र निकास
– रगत आएको रोक्न मिल्ने, ठूलो अपरेसन गर्न नपर्ने
– आफ्नै आँखाले रोगको अवस्था देख्न सकिने

यो पनि…
हिँडाइ उत्कृष्ट व्यायाम
उल्टो हिँड्दा हुने फाइदा



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested