English

पल शाह प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार भयो : महिला सांसद्



विभिन्न राजनीतिक दलका महिला सांसद्हरूले आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर पल शाह प्रकरणमा पीडित भनिएकी बालिकामाथि बढी प्रहार भइरहेको भन्दै रोक्न माग गरेका छन् ।

उनिहरूले स्थानीय निर्वाचनमा महिला उमेदवारको कोटा बढाउन पनि माग गरेका छन् । महिला सांसद्को टोलीमा पूर्वमन्त्री, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, बिमला राई पौडेल र विना श्रेष्ठ थिए ।

उनिहरूले स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनु पर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत खटाउनु पर्ने माग राखे ।

महिलाको मौलिक हक समेटिएको संविधानको धारा-३८ अनुरुप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तिमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने पनि उनीहरूको थियो ।

कांग्रेस सहमहामन्त्री उपाध्यायले स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन प्रमुखमा पनि निश्चित कोटा छुट्टयाउनु पर्ने माग गरिन् । वडा अध्यक्षहरूमा महिलाको संख्या कम रहेको भन्दै बढाउने पहल पनि सरकारबाट हुनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन महिला सांसदहरूले माग गरेका छन् । गृहमन्त्री खाणले महिला सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

यो पनि..
पल शाह थप १२ दिन हिरासतमा

पल शाह प्रकरण : कसरी अघि बढ्दैछ कानुनी प्रक्रिया ?
पल शाहमाथिको अनुसन्धानमा आयोगको यस्तो आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested