English

तरकारी किन्दै हुनुहुन्छ ? [हेर्नुहोस् मूल्यसूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन २२ गते आइतबार एक किलोग्राम कागतीको मूल्य १९५ रूपैयाँ तोकिएको छ । यसअघि कागतीको मूल्य १९० थियो ।

त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम रातो आलुको मूल्य २९ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ५६ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य २७ रूपैयाँ ६७ पैसा, रातो मूला ३२ रूपैयाँ ६७ पैसा, सेतो मूला १२ रूपैयाँ ३३ पैसा, भन्टा ६५ रूपैयाँ, मटरकोशा ५५ रूपैयाँ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ ।

एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।

यो पनि…
ह्वात्तै बढ्यो कागतीको मूल्य [सूची]



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested