English

कुकुरले जन्मायो हरियो छाउरा



क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको ती दम्पतीले बताएका छन् ।

मिडल स्याकभिलेका ट्रेभर र अउद्राले ती जोडीको कुकुरले सातवटा छाउरा छाउरी पाएपछि प्रश्रवको काम सकिएको बताए । तर कुकुरले अर्को बच्चा समेत जन्माउने तयारी गरेको छ ।

‘फ्रेयाले आठौं बच्चा पाई । हामीले उनलाई धोइपखाली गरेर सुकाउन थाल्यौ र नयाँ बच्चा हरियो रंगको भएको पायौ । यसको लगत्तै केही गलत भएको हामीले पायौ ।

त्यसपछि हामीले यसलाई गुगलमा राख्यौ, मेरो घरमा कुकुरले पाएको छाउरा हरियो रंगको छ, यो के गलत हो । यो स्पष्ट रुपमा अत्यन्त दुर्लभ हो र विश्वभरीले थोरै मात्र यस्तो हुने गरेको छ,’ ट्रेभर मोसरले बताए ।

‘म वास्तवमै एक किसिमको अचम्ममा परेको छु । यो दुर्लभ भएको छ । म पनि यसको अंश हुन पाएकोमा खुसी छु । यो अचम्म लाग्दो राम्रो थियो,’ मोसरले बताए । यो जोडीले जन्मदेखि नै छाउराको हरियो रंग फेरिन थालेको पनि बताएका छन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र