English

कुकुरले जन्मायो हरियो छाउरा



क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको ती दम्पतीले बताएका छन् ।

मिडल स्याकभिलेका ट्रेभर र अउद्राले ती जोडीको कुकुरले सातवटा छाउरा छाउरी पाएपछि प्रश्रवको काम सकिएको बताए । तर कुकुरले अर्को बच्चा समेत जन्माउने तयारी गरेको छ ।

‘फ्रेयाले आठौं बच्चा पाई । हामीले उनलाई धोइपखाली गरेर सुकाउन थाल्यौ र नयाँ बच्चा हरियो रंगको भएको पायौ । यसको लगत्तै केही गलत भएको हामीले पायौ ।

त्यसपछि हामीले यसलाई गुगलमा राख्यौ, मेरो घरमा कुकुरले पाएको छाउरा हरियो रंगको छ, यो के गलत हो । यो स्पष्ट रुपमा अत्यन्त दुर्लभ हो र विश्वभरीले थोरै मात्र यस्तो हुने गरेको छ,’ ट्रेभर मोसरले बताए ।

‘म वास्तवमै एक किसिमको अचम्ममा परेको छु । यो दुर्लभ भएको छ । म पनि यसको अंश हुन पाएकोमा खुसी छु । यो अचम्म लाग्दो राम्रो थियो,’ मोसरले बताए । यो जोडीले जन्मदेखि नै छाउराको हरियो रंग फेरिन थालेको पनि बताएका छन् ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested