English

कामना सेवा विकास बैंकले थप्यो एकैपटक ३ शाखा



कामना सेवा विकास बैंक लिमिटेडले थप ३ वटा शाखा चितवनमा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औँ शाखा कार्यालय स्थापना गरी आज फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।

व्यवसाय विस्तारको क्रममा बैंकले नवीनतम प्रोडक्टहरू तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

बैंकले Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरूबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकका यस सँगै १३२ वटा शाखा, एउटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहक महानुभावहरूलाई सेवा दिँदै आएको छ ।

यो पनि…
रेमिट्यान्सको सीमा घट्यो
यस्तो छ आजको विदेशी मुद्राको सटही दर



...
Bradford

It's very trouble-free to find out any matter on web as compared to textbooks, as I found this post at this web page. Here is my website ... Burn slim Reviews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested