English

चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा



इंग्लिस महारथी क्लबद्वय चेल्सीलिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो ।

खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए । दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।

पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा ह्यारी कोर्निकले गरेको गोलमा लुटनले पुनः अग्रता लियो । ६८औं मिनेटमा टिमो वार्नेरले पुनः चेल्सीलाई खेलमा फर्काए । त्यसको १० मिनेटपछि लुकाकुले बललाई जाली चुमाउँदा चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

यस जितपछि थोमस टचेलको टोलीले यस सिजन घरेलु प्रतियोगिता जित्ने सम्भावना जीवित राखेको छ । आइतबार लिभरपुलसँग पेनाल्टी सुटआउटमा ११-१० ले पराजित भएपछि चेल्सी इंग्लिस लिग कपको उपविजेतामा सीमित भएको थियो ।

क्रिस्टल प्यालेसविरुद्धको खेलमा खराब प्रदर्शन गरेको भन्दै लुकाकुले लिल र लिभरपुलविरुद्धको खेलमा भने टोलीमा अवसर पाएका थिएनन् । चेल्सीले शनिबार इंग्लिस प्रिमियर लिगमा बनर्लीको सामना गर्नेछ ।

त्यस्तै नर्विच सिटीमाथि २-१ को जितसहित लिभरपुल पनि एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । २७औं मिनेटमा ताकुमी मिनामिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ३९औं मिनेटमा मिनामिनोले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

७६औं मिनेटमा लुकास रुपको गोलमा नर्विचले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । साउथहमटनले भने प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्ने क्रममा वेस्ट हमलाई ३-१ ले हरायो ।

आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्टसलाई अग्रता
इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १–० अन्तरको जित निकालेको छ । बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो ।

खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखे पनि गोल भने गर्न सकेन । यो जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ । मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहीत बराबरी खेलेका थिए । यी दुईबीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।

यो पनि…
खप्तड गोल्डकप : प्रथम पुरस्कार राशी २१ लाख



सम्बन्धित खबरहरु

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

Latest










Popular
Suggested