बढेको तलब पाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी दंग



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता (इसीडी शिक्षक) सामुदायिक विद्यालयमा कार्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब बढाएको छ ।

चालु चौमासिकदेखि कार्यान्वयनमा आउनेगरी नगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रका ५४ जना सहयोगी कार्यकर्ता, सामुदायिक विद्यालयमा कार्यरत ८९ कार्यालय सहयोगी र १२ जना विद्यालय कर्मचारीको तलब बढाएको हो ।

प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको मासिक तलब १५ हजार, सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीको मासिक तलब १५ हजार र विद्यालय कर्मचारीको तलब २० हजार ५०० पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीलाई न्यूनतम मासिक १५ हजार उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याए अनुसार तलब बढाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

नगरपालिकाले बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको प्रोत्साहनका लागि मासिक एक हजार खाजा भत्ता दिँदैआएको थियो । तलब बढ्दा सहयोगी कार्यकर्ता, कार्यालय सहयोगी र विद्यालय कर्मचारी दंग छन् ।

बजेट भाषण कार्यान्वयनका लागि अर्थमन्त्रालयले २० जेठ २०७८ मा स्थानीय तहलाई परिपत्र गरेको थियो । तर कतिपय स्थानीय तहमा नेपाल सरकारको बजेट भाषण र अर्थमन्त्रालयको परिपत्र अनुसार सामुदायिक विद्यालयमा कार्यरत लेखापाल, परिचर तथा बालविकास सहयोगी कार्यकर्ताको तलब वृद्धि कार्यान्वयनमा दुविधा देखिएको छ ।

कुनै स्थानीय तहले प्रारम्भिक बालविकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीको तलब वृद्धि गर्दा र कतिपयले नगर्दा एउटै कामको सेवासुविधामा असमानता सिर्जना भएको देखिएको छ ।

यो पनि
शिक्षकलाई एकमुष्ट आर्थिक सहायता दिने सरकारको निर्णय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ । तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो । ‘तीज

वि विल राइज फाउन्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु