English

कोरोना : ब्राजिलमा ‘p1’ भ्यारिएन्ट फेला, कति खतरनाक ?



कोरोना भाइरसको नयाँ भ्यारिएन्ट फेला परेको छ । ब्राजिलमा पीवान नामको नयाँ भ्यारिएन्ट फेला परेको बताइएको छ ।

New Coronavirus Variant P1 found in Brazil

कोरोना भाइरसको नयाँ भ्यारिएन्ट दक्षिण अफ्रीकामा भेटिएको कोरोना स्ट्रेनसँग मिल्दोजुल्दो रहेको बताइएको छ । यो दाबी साओपाओलोस्थित ब्यूटेनटेन बायोमेडिकल इन्स्टीच्युटका प्रमुख डिमास कोवासले गरेका हुन् । उनले ब्राजिलमा दक्षिण अफ्रीकाको जस्तै कोरोनाको स्ट्रेन फेला परेको र धेरै खतरनाक रहेको बताएका छन् ।

New Coronavirus Variant P1 found in Brazil

डिमास कोवासले ब्राजिलमा एकदिनमा ३ हजार ७ सय ८० जनाको निधन भएको एकदिनपछि प्रेस कन्फ्रेन्स गरेर यस्तो बताएका हुन् । यो भ्यारिएन्ट ब्राजिलमै उत्पित्ति भएको हो । यो दक्षिण अफ्रीकाको जस्तै भएको तर यसको ट्राभल हिस्ट्री दक्षिण अफ्रीकासँग नमिल्ने उनले बताए । त्यसैले ब्राजिलका वैज्ञानिक यसलाई लिएर हैरान भएका छन् ।

New Coronavirus Variant P1 found in Brazil

दक्षिण अफ्रीकाको भ्इारिएन्टले संसारका वैज्ञानिकलाई चिन्तामा पारेको थियो । किनभने यो धेरै नै संक्रामक र खतरनाक थियो । त्यसमा नयाँ भ्याक्सीनले काम गरिरहेको थिएन । ब्राजिल पनि आफ्नो देशमा उत्पित्ति भएको यो भ्यारिएन्टबाट हैरान छ । यो भ्यारिएन्टको नाम पीवान रहेको छ । यो तीव्र गतिमा मानिसलाई संक्रमित बनाउन सक्षम छ ।

New Coronavirus Variant P1 found in Brazil

यसका कारण ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको रेकर्ड दुई दिन पहिला सबैभन्दा धेरै कायम भएको थियो । ब्राजिल अमेरिकापछि सबैभन्दा कोरोना भाइरसबाट प्रभावित हुने देश हो । अहिले भने ब्राजिलमा कोरोना भाइरसको प्रकोपले धेरै सताइरहेको छ । त्यहाँका मानिसले सोसल डिस्टेन्सिङको नियम पालना नगरेको बताइएको छ । साथै भ्याक्सिनेशनको प्रक्रिया पनि धेरै सुस्त छ । सारा विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुमध्येमा एक चौथाई मानिस ब्राजिलका रहेका छन् ।

New Coronavirus Variant P1 found in Brazil

कोरोनाबाट मृत्यु हुनेमा यस्तो भयावह आँकडा अन्य देशमा छैन । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले हालै कोरोना महामारी राम्रोसँग ह्याण्डिल गर्न नसकेकाले वैश्विक स्तरकै आलोचना सुन्नुपरेको थियो । उनले मंगलवार ९१८ मिलियन डलर्सको एग्जीक्यूटिभ अर्डर जारी गरेका छन् । यो रुपैयाँले ब्राजिलको हेल्थ सिस्टमलाई मजबुत बनाउन र महामारीसँग लड्न सहयोग गर्नेछ ।

New Coronavirus Variant P1 found in Brazil

स्वास्थ्य मन्त्रालयले यसको प्रयोग देशमा रहेका २६ सय पब्लिक हेल्थ क्लीनिक्समा कोरोना भ्याक्सिन पुर्याउन र मानिसलाई सुरक्षित राख्नका लागि प्रयोग हुने बताएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested