टीभी हेर्दाहेर्दै करोडपति !



कैयौँ पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयं उसलाई भरोसा पनि हुँदैन । अमेरिकाको दक्षिण क्यारोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपति बने ।

दक्षिण क्यारोलिनाका एक व्यक्तिले लट्री ड्रइंगमा २ लाख यूएस डलर अर्थात् करिब २ करोड ३८ लाख रुपियाँ धनराशि जिते । यो नम्बर उनले एक टीभी शोबाट कपी गरेका थिए । उनले धनराशी जितेपछि टीभी शोलाई धन्यवाद दिएका छन् ।

अमेरिका टेलिभिजनमा लट्री नम्बरको शो आउँछ । यही शोबाट ती व्यक्तिले नम्बरको सेट बनाएका थिए । द साउथ क्यारोलिना एजुकेसन लट्रीका अनुसार ती व्यक्तिले चेस्टर फिल्डमा पिग्ली विगली स्टोरबाट ’पाल्मेटो क्यास फाइभ’ टिकट किनेर १–१०–१६–१७–१८ संख्या चुनेका थिए ।

यही संख्याले उनलाई करोडपति बनाइदियो । विजेता बनेपछि ति व्यक्तिले टिकट किनेको पसललाई समेत २ हजार डलर कमिसन दिएका थिए । विजेताले आफूलाई गोप्य राख्न चाहेकाले उनका बारेमा धेरै कुरा सार्वजनिक गरीएको छैन ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो