English

पहिलो पटक कसले कसलाई बनायो मूर्ख ?



एक अप्रिलमा अप्रिल फूल मनाइन्छ । विश्वमा यस दिनलाई मूर्ख दिवस भनिन्छ । यस दिन मानिस आफ्ना साथीभाईहरुलाई मूर्ख बनाएर खुशी हुन्छन् । तर के तपाईलाई थाहा छ, अप्रिल फूल किन मनाइन्छ ? तपाई पनि जान्नुहोस्, यसको बारेमा । यो दिनको महत्व के छ ? अप्रिल फूल डे नेपालमा मात्र नभएर सारा विश्वभर नै मनाइन्छ । केही देशमा त १ अप्रिलमा विदा समेत हुन्छ । तर नेपालमा भने यस दिन विदा दिने चलन छैन । १ अप्रिलमा हरेक किसिमको मजाक गर्ने छुट हुन्छ । जसलाई मूर्ख बनाइन्छ, त्यो मानिस त्यति रिसाउँदैन पनि ।

History of April Fools Day

मूर्ख दिवस वा अप्रिल फूल डे विभिन्न देशमा फरक फरक तरिकाले मनाइन्छ । केही देश, अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र बेलायतमा अप्रिल फूल दुई प्रहरसम्म मात्र मनाइन्छ । त्यहाँ यस्तो गर्नुको कारण त्यहाँका मिडियाले मात्र बिहानको मुख्य पेजमा यस सम्बन्धी समाचार छाप्छन् । योबाहेक फ्रान्स, आयरल्याण्ड, इटाली, दक्षिण कोरिया, जापान, रुस, नेदरल्याण्ड, जर्मनी, ब्राजिल, क्यानडा र अमेरिकामा जोक्सको सिलसिला दिनभर नै चलिरहन्छ । र, पूरा दिन नै मूर्ख बनाइरहन्छन् ।

पहिलो पटक अप्रिल फूल कहिले मनाइयो ? यसको बारेमा विशेष जानकारी त छैन, तर केही मानिस भने फ्रेन्च क्यालेन्डरमा हुने परिवर्तनलाई नै अप्रिल फूल डे मान्ने कारण भएको हुन सक्ने बताउँछन् । त्यस्तै केही मानिस इंग्ल्याण्डका राजा रिचर्ड द्वितीयको एनीसँग इंगेज्मेन्टको कारणलाई अप्रिल फूल डे मनाइएको बताउँछन् । अप्रिल फूलसँग जोडिएका केही कथा प्रचलित छन् । १ अप्रिल र मूर्ख दिवसको बीच सबैभन्दा पहिला दर्ता गरिएको सम्बन्ध चान्सरको क्यान्टरबरी टेल्स (१३९२) मा पाइन्छ । केही लेखक यो पनि भन्छन् कि, १६ औँ शताब्दीमा एक जनवरीमा न्यू इयर्स डे एक दिन बिदा निकाल्नका लागि मनाउन शुरु गरिएको थियो । तर यो सिद्धान्तले पुरानो सन्दर्भ उल्लेख गर्दैन ।

इतिहासलाई हेर्ने हो भने, १ अप्रिलको दिन केही रमाइला घटना भएका थिए, जसलाई आधार मानेर यस दिनलाई अप्रिल फूल डेको रुपमा मनाउन थालिएको हो । जस्तै १५३९ मा फ्लेमिश कवि डे डेनेले एक धनी व्यक्तिको बारेमा लेखे, जसले १ अप्रिलमा आफ्ना कामदारलाई मूर्खतापूर्ण काम गर्नका लागि बाहिर पठाए । १ अप्रिल १६९८ मा केही मानिसलाई बाघको रामधुलाई हेर्नका लागि भन्दै धोका दिएर टावर अफ लण्डनमा लगिएको थियो । लेखक क्यान्टरबरी टेल्स (१३९२) ले आफ्नो एक कथा, ननको प्रीस्टको कथामा ३० मार्च र २ दिन लेखे । जसमा प्रिन्टिङको गल्तीका कारण ३२ मार्च भयो । जो बास्तवमा १ अप्रिलको दिन थियो ।

april fools day history

यो कथामा एक घमण्डी कुखुरालाई एक चलाख स्यालले बेवकुफ बनाएको थियो । यो गल्तीपछि भनिन थालियो कि, स्यालले १ अप्रिलमा कुखुरालाई बेवकुफ बनायो । त्यस्तै अंग्रेजी साहित्यका महान लेखक ज्योफ्री चौसरको क्यान्टरबेरी टेल्स (१३९२) यस्तो पहिलो ग्रन्थ थियो, जो १ अप्रिल र बेवकुफीको बीचको सम्बन्धको चर्चा छ । यस्ता तमाम कथाहरु छन्, जसका कारण पहिलो अप्रिलमा धेरै रमाइलो भयो र केही प्लान गरियो । जसका कारण १ अप्रिल फूल डेको रुपमा रमाइलो तरिकाले सेलिब्रेट गरिन थालियो ।

नन्स प्रीस्ट्स टेलका कथाअनुसार इंग्ल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाकी रानी एनीको इंगेज्मेण्टको विवाहको तारिख ३२ मार्च घोषित गरियो, त्यहाँका जनताले सत्य माने र मूर्ख बने । त्यो बेलादेखि ३२ मार्च अर्थात् १ अप्रिलका दिन अप्रिल फूल मनाइन्छ । एउटा अर्को कथाका अनुसार प्राचीन यूरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी १३ ले नयाँ क्यालेन्डर अपनाउने निर्देश दिए । जसमा १ जनवरीमा नयाँ वर्ष मनाउन भनिएको थियो ।

रोमका अधिकांश मानिसले यो क्यालेन्डरलाई स्वीकारे, तर त्यो बेला पनि केही मानिस १ अप्रिललाई नयाँ वर्ष मान्ने गर्दथे । त्यसपछि उनीहरुलाई मूर्ख भन्दै उडाइएको थियो । १९१५ मा जर्मनीको लिले हवाई अड्डामा एक बेलायती पायलटले विशाल बम फाले । यो देखेर मानिस यत्रतत्र भाग्न थाले । धेरै बेरसम्म मानिस लुकिरहे । तर धेरै समयसम्म ब्लास्ट भएन, त्यहाँ एउटा ठूलो फुटबल थियो, जसमा अप्रिल फूल लेखिएको थियो । यस्तो पनि भनिन्छ कि, पहिला पूरा विश्वमा भारतीय क्यालेन्डरको मान्यता थियो । जसका अनुसार नयाँ वर्ष चैत्र महिनामा शुरु हुन्थ्यो । जो अप्रिल महिनामा हुन्थ्यो । भनिन्छ कि, १५८२ मा पोप ग्रगोरीले नयाँ क्यालेन्डर लागू गर्ने आदेश दिए, जसका अनुसार नयाँ वर्ष अप्रिलको सट्टा जनवरीमा शुरु हुन थाल्यो । धेरैले यो क्यालेन्डर स्वीकारे ।

केही मानिस यसलाई हिलारिया तिहारजस्तै मान्छन् । यो एक प्राचीन तिहार हो । प्राचीन कालमा रोममा यो मनाइन्थ्यो । यो तिहारमा देवता अत्तीसको पूजा गरिन्थ्यो । यसमा उत्सवको पनि आयोजना गरिन्थ्यो । यसमा मानिसहरु अनौठा कपडा लगाउँथे । साथै मास्क लगाएर मजाक गर्दथे । उत्सवमा भएका गतिविधिका कारण यस दिनलाई इतिहासकारले अप्रिल फूल डे को नाम दिए । डेनमार्कमा १ मेमा यस्तो मनाइन्छ । यो दिन पनि डेनमार्कमा अप्रिल फूलको जसरी नै मनाउने चलन रहेको छ ।

april fools day 2019

पोल्याण्डमा अप्रिल फूल डे प्राइमा एपिलिसको नामले जानिन्छ । पोल्याण्डमा यस दिन मिडिया र सरकारी संस्थान हाक्स तयार पारिन्छ । ईरानी मानिस आफ्नो चाड नौरोजको तेह्रौँ दिनमा रमाइलो गर्दछन् ।

why is fools day celebrated on first april significance history of april fool day in hindi

जो सामन्यतः १ वा २ अप्रिलमा पर्दछ । कोरियामा वर्षको पहिलो दिन स्रोवी डे मनाइन्छ । यस दिन मानिस एकअर्कामा झुट बोल्छन् । स्कटल्याण्डमा अप्रिल फूलका दिनलाई हन्ट द गौक डे भनिन्छ । फ्रान्स, इटाली र बेल्जियममा अप्रिल फूल डेमा कागजको माछा बनाएर साथीहरुको पछाडि टाँसिदिने गरिन्छ । यसरी मानिस अप्रिल फूलमा मजाक गरेर रमाइलो गर्ने गर्दछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो