English

तोकिएको तलब नपाएपछि शिक्षकहरू निरन्तर आन्दोलनमा



सुनसरीको इनरुवा नगरपालिकाले संघीय सरकारले तोकेको न्युनतम तलब नदिएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्याालय कर्मचारी यतिखेर तेस्रो चरणको आन्दोलनमा छन् । गत असार २४ गतेदेखि आन्दोलन सुरु गरेका उनीहरूले माग पूरा नभएपछि आइतबार (१५ फागुन) देखि तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारले इसीडी शिक्षक र विद्यालय कर्मचारी (परिचर) को मासिक न्यूनतम तलब १५ हजार र लेखापालको २० हजार पाँच सय पुर्‍याउने व्यवस्था गरेको थियो । जसमा लेखापालाई मासिक १३ हजार ५०० रूपैयाँ, इसीडी शिक्षक र परिचरलाई आठ हजार रूपैयाँ संघीय सरकारले उपलब्ध गराउने व्यवस्था छ । बाँकी सात हजार रूपैयाँ स्थानीय तहले थपगरी न्यूनतम तलब दिनुपर्ने व्यवस्था छ । संघीय सरकारले तलब उपलब्ध गराए पनि अधिकांश स्थानीय तहले तलब थपगरी दिएका छैनन् ।

तलब नदिनेमा इनरुवा नगरपालिका पनि एक हो । नगरपालिकाका इसीडी शिक्षकले पटक-पटक आन्दोलन र ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै आए पनि नगरपालिकाले अहिलेसम्म तलब दिएको छैन । नगरपालिकाले आन्तरिक आयस्रोत कमजोर भएका कारण तलब थपगरी उपलब्ध गराउन नसकिने बताएको छ ।

इनरुवाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले चरण-चरणमा आन्दोल गर्दै आएका छन् । गत दशैँअघि आन्दोलन गरेपछि उनीहरूलाई मेयर राजन मेहताले तलब थपगरी दिने आश्वासन दिएका थिए । त्यसपछि शिक्षकहरूले आन्दोलन स्थगित गरे । दशैँको मुखमा समेत तलब नपाएपछि उनीहरू निराश भए । छठपछि नगरपालिकासँग वार्ता गरे ।

नगरपालिकाले पुनः तलब थपगरी दिने आश्वासन दियो । समय बित्दै गयो तर शिक्षक र कर्मचारीहरूले तलब पाउने आश गरिरहेका छन् । नगरपालिकाले आश्वासनमात्रै दिएपछि तेस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको आन्दोलन समितिकी संयोजक सोनुराना मगर बताउँछिन् ।

‘बजेटमा व्यवस्था भएअनुसार हामीले पाउनुपर्ने तलब नगरपालिकाले अहिलेसम्म दिएको छैन । त्यसैले हामीले तेस्रो चरणको आन्दोलन सुरु गरेका हौं । मेयर राजन मेहताज्यूले हामीलाई आश्वान मात्रै दिनुहुन्छ । माग पूरा गर्नुहुन्न । माग पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिदैन,’ मगरले भनिन् ।

यो पनि…
शिक्षकका समस्या समाधान गर्न सहमति, कार्यान्वयनमा आशंका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested