अब नेपाली आकाशमा पनि इन्टरनेटको सुविधा



विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोग गर्ने अनुमति दिन लागेको हो ।

दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसगैँ नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने छन् ।

दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्ने नेपाल दक्षिण एशियामा भारत र अफगानिस्तान पछि तेस्रो देश बनेको छ ।

प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त जुनसुकै एयरलाइन्सले पनि उक्त सुविधा पाउनेछन् ।

प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए ।

यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । उक्त दुई देशपछि यो सेवा उपलब्ध गराउने नेपाल दक्षिण एशियाकै तेस्रो देश बनेको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।