English

एमसीसीमाथि दफावार छलफल, कसले के भने ?



प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसीसीमाथि दफावार छलफल भइरहेको छ । संसद्मा व्याख्यात्मक घोषणा गर्नुअघि मन्त्रिपरिषद्को बैठक संघीय संसद् भवनभित्रै बसेर त्यसलाई स्वीकृत गरेको थियो । दफावार छलफलमा सहभागी भएर कसले के भने ?

एमसीसी नेपाली स्वाधिनताको लडाइँमा कलंक स्थापित हुनेछ : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् । उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् । उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन् ।

एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्छ : विसंखे

नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको व्याख्यात्मक घोषणा कार्यान्वयन हुनुपर्ने बताएकी छन् ।
सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताइन् ।‘हामी कसैबाट सहयोग वा ऋण लिन सक्छौं’ उनले भनिन्, ‘तर कसैको दबाबमा होइन कसैले चुनौति दिएर होइन ।’

एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् । उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् । उनले यसबाट गलत नजिर बस्ने बताइन् ।

नेपालसँगको मित्रतालाई महत्त्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ : कार्की

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । उनले सदनमा महत्त्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए । उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । अमेरिकाले नेपालसँगको मित्रतालाई महत्त्व दिए यसलाई स्वीकार गर्ने बताए । मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो ।

एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदिएको छ : भुसाल

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीमाथि सरकारले व्यात्मक घोषणा गरेर प्रष्ट पारिदिएको बताएकी छन् । नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने बताएकी छन् । ‘यसले नेपालमा रोजगारी वृद्धि गर्नेछ । सडक विस्तार हुनेछ । विद्युत बढाउन सहयोग पुग्नेछ । जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ,’ उनले भनिन् ।

उनले एमसीसी दुई पक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शीता भएको बताएकी छन् । त्यसैले उनले समय सिमाभित्रै यसको रकमलाई सदुपयोग गर्नूपर्ने धारणा राखेकी छन् । विश्वका ४६ देशमा यो परियोजना लागू भएकाले नेपालमा पनि लागू हुँदा देशको हितमै हुने बताएकी छन् ।

महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर मेट्न देउवालाई सुवालको सुझाव

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि पास गर्न नहुने बताएका छन् ।
उनले एमसीसी अन्तर्गतको खर्च सैन्य बजेट भएको बताएका छन् । सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ । सुवालले महाकाली सन्धी गर्दाको कलंक एमसीसी अस्वीकार गरेर कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए ।

व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास

जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए । यसले सत्ता गठबन्धन जोगिएको बताए । कतिपय नेताहरूले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताए ।

व्याख्यात्मक घोषणाले एमसीसीमा रहेका आशंका हटेको छ : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एमसीसीका विषयमा गरिएको व्याख्यात्मक घोषणाले यसभित्र रहेका आशंका हटेको बताएका छन् । उनले आर्थिक सहायतका रूपमा मात्र नभइ राजनीतिक विषय जोडिएर आएका कारण आशंका उत्पन्न भएकोमा अब आशंका हटेको बताएका छन् । ‘आर्थिक सहायतका रूपमा स्वीकार गर्नुपर्छ । तर त्यसभन्दा केही बाहिर गएर अन्य राजनीतिक विषय पनि जोडिएका थिए,’ बस्नेतले भने, ‘गठबन्धन दल र सरकारले त्यसभित्रका केही आशंकाहरू थिए । ती निवारण गर्ने काम भएको छ ।’

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौती दिएका छन् । ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु,’ उनले भने । उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताएका छन् । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उनले बताए ।

यो पनि
एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणा संसदमा पेस [पूर्णपाठ]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नोबेल पुरस्कार विजेता यासुनारी कावावाताले उपन्यास ‘स्नो कन्ट्री’ मा देश सुन्दर हुने तीनवटा तत्व उल्लेख गरे–प्रकृति,संस्कृति र परिवेश । लाग्छ–साहित्यकार

तमु समुदायको ऐतिहासिक चाड बैशाख पूर्णिमाका अवसर पारेर तमु ट्हो ह्युल हङकङले आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । उक्त

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम