English

मास्कमा मनपरी, के भन्छन् डाक्टर ?



कोरोना महामारीमा कुनै पनि व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि मास्क अनिवार्य बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको न्यूनतम मापदण्डमा मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम गर्नु नै व्यक्तिको मुख्य सुरक्षा कबच मानिएको छ ।

कोरोना महामारी पछि मास्कको प्रयोग अनिवार्य बन्दै गयो । बालबालिका देखि ज्येष्ठ नागरिकले अनिवार्य रूपमा लगाउन थालेपछि मास्कको अभाव पनि भयो ।

हामीले प्रयोग गर्ने मास्कको रङ्ग गाढा रङ्गको नभएर उज्यालो रङ्गको हुनु पर्छ । गाढा रङ्गको मास्कमा फोहोरहरू नदेखिने भएकाले उज्यालो रङ्गको प्रयोग गर्नुपर्छ ।

कोरोना सङ्क्रमण फैलिएको हालै एक वर्ष भएको छ । तर कोरोनाको त्रास भने कम भएको छैन । यसको जोखिम नयाँ नयाँ ढङ्गले बढी रहेको छ । कोरोनाकै त्रासको बेला केही दिनदेखि वायु प्रदूषण बढेको कारणले मास्क झनै अनिवार्य बन्यो । मास्कको प्रयोग र माग बढ्दै गएपछि अहिले बजारमा पाइने मास्कमा आ–आफ्नै किसिमको गुणस्तर र मूल्यमा मनोमानी देखिन थालेको छ ।

अहिले बजारमा रहेका मास्कमा देखिएको मनपरी

– व्यक्तिगत मनपरी
– व्यापारीको मनपरी
– पसल पिच्छे मूल्यमा मनपरी
– मास्क लगाउने तरिकामा मनपरी
– मास्कको रङ्गमा मनपरी
– मास्कको गुणस्तरमा मनपरी
– मास्कको डिजाइनमा मनपरी
– मास्क लगाउने समयमा मनपरी
– मास्क बेच्नेको मनपरी
– मास्क किन्नेको मनपरी

बजारमा अहिले तीन किसिमका मास्क छन् । सर्जिकल, एन ९५ र कपडाको मास्क । सर्जिकल र कपडाको मास्क सर्वसाधारणले बढी लगाएको देखिन्छ भने एन ९५ मास्क भने चिकित्सा क्षेत्रका व्यक्तिहरूले बढी प्रयोग गरेको देखिन्छ । कपडा, सर्जिकल र एन ९५ मास्क जुन लगाए पनि ती मास्कमा तीन पत्र भएमा त्यो सुरक्षित मानिन्छन् ।

कपडाको मास्क छनोट गर्दा त्यसको फेब्रिकमा ध्यान दिनु पर्छ । २ देखि ३ पत्रबाट बनेका र भित्री पत्र सुती र बाहिरी पत्र पोलिस्टरको हुनुपर्छ ।

मास्कको मूल्य र गुणस्तर कस्तो हुनु पर्छ ? यो सबैको चासोको विषय हो । तर मास्कको मूल्य हेर्ने हो भने सडक किनारमा पाइने ३ रूपैंया प्रतिगोटा पर्ने मास्कको १० रुपैयाँ तिर्नु पर्छ । औषधी पसलमा पनि प्रति गोटा मास्कको १० रुपैयाँ नै पर्छ भने किराना पसलमा प्रतिगोटा मास्कको ५ देखि १० रुपैयाँसम्म पर्छ ।

के भन्छन् डाक्टर

कोरोना भाइरसको महामारी र वायु प्रदूषणबाट बच्न बजारमा पाइने मास्कहरू सही तरिकाले प्रयोग गरेमा सबै किसिमका मास्क सुरक्षित नै मानिन्छन् । यदि हामीले मास्क लगाउँदा नाक र मुख छोपेर लगाउँछौ भने त्यो सही तरिका हो ।

मास्कको छनोट कसरी गर्ने

कपडाको मास्क छनोट गर्दा त्यसको फेब्रिकमा ध्यान दिनु पर्छ । २ देखि ३ पत्रबाट बनेका र भित्री पत्र सुती र बाहिरी पत्र पोलिस्टरको हुनुपर्छ । सर्जिकल मास्क छनोट गर्दा २ देखि ३ पत्र भएको, नाकमा अड्याउन मिल्ने, तार सहित भएको र मुहारको साइज मिल्ने हुनुपर्छ ।

सर्वप्रथम हात धुने वा स्यानिटाइजरले हात सफा गर्ने । प्रयोग गरिने मास्क फोहोर छ÷छैन प्वाल परेको छ÷छैन राम्ररी हेर्ने । मास्कको फित्तामा समातेर कानमा लगाउने र मास्कको माथिल्लो भागमा भएको तारलाई नाकमा अड्याएर थिच्ने ।

मास्क लगाउने सही तरिका

सर्वप्रथम हात धुने वा स्यानिटाइजरले हात सफा गर्ने । प्रयोग गरिने मास्क फोहोर छ÷छैन प्वाल परेको छ÷छैन राम्ररी हेर्ने । मास्कको फित्तामा समातेर कानमा लगाउने र मास्कको माथिल्लो भागमा भएको तारलाई नाकमा अड्याएर थिच्ने । यसरी लगाएको मास्कले मुख, नाक र चिउँडोलाई राम्ररी छोप्ने । लगाएको मास्कलाई बारम्बार हातले नछुने । मास्क निकाल्दा कानबाट मास्कको फित्ता समातेर निकाल्ने र फेरी हात धुने ।

के मास्क धुन मिल्छ

बजारमा पाइने कपडाको मास्क धुन मिल्ने सामग्री (वासेबल मेटेरियल) ले बनेको हुन्छ । यो मास्कलाई राम्रोसँग धोएर, घाममा सुकाएर पुनः प्रयोगमा ल्याउन सकिन्छ । तर सर्जिकल वा सर्जिकल जस्तै देखिने अरू मास्क एक पटक प्रयोग गरेर फाल्नु राम्रो हो । यस्ता किसिमका कुनै मास्क गुणस्तर अनुसार एक देखि दुई पटक धोएर, अल्ट्राभ्वाईलेट रे मेसिनमा राखेर वा स्ट्रेलाइजेशन गरेर पनि प्रयोग गर्न सकिन्छ ।

मास्कको रङ्ग कस्तो हुनुपर्छ

हामीले प्रयोग गर्ने मास्कको रङ्ग गाढा रङ्गको नभएर उज्यालो रङ्गको हुनु पर्छ । गाढा रङ्गको मास्कमा फोहोरहरू नदेखिने भएकाले उज्यालो रङ्गको प्रयोग गर्नुपर्छ । उज्यालो रङ्गको मास्क प्रयोग गरेमा छिट्टै फोहोर हुन्छ र सफा गरिन्छ र सङ्क्रमण हुनबाट समेत जोगाउँछ ।

(ओम अस्पतालका मेडिकल डाइरेक्टर तथा कन्सल्टेन्ट फिजिसियन डा. विश्वनाथ कोइराला र फिजिसियन डा. दीपा केसीसँग गरिएको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,